चितवनको नजर फाइनलतर्फ ! ललितपुर पहिलो जितको खोजिमा

चितवनको नजर फाइनलतर्फ ! ललितपुर पहिलो जितको खोजिमा

काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) अन्तर्गत आज पनि दुई खेल हुँदैछ ।

पहिलो खेलमा क्याट क्विन्स काठमाडौं र ललितपुर फाल्कोन बिहान साढे ९ बजेपछी भिड्ने छ्न ।

लिग चरणको अन्तिम तिर आईपुग्दा जारी लिगमा काठमाडौंले तीन खेलमा दुईमा जित र एक खेलमा हार ब्यहोरेको छ भने ललितपुर लगातार दुई खेलमा पराजित भएको छ ।

आज काठमाडौंले जित निकालेको खण्डमा ललितपुर प्रतियोगिताबाट बाहिरिने दोस्रो टिम बन्ने छ । यसअघि पोखरा पल्टन लगातार तीन खेलमा पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिएको छ ।

काठमाडौं पहिलो खेलमा चितवन राईनोजसँग ५ विकेटले पराजित भएको थियो । त्यसपछि भने काठमाडौंले लगातार दुई खेलमा जित निकाल्ने क्रममा दोस्रो खेलमा पोखरालाई ८२ रनले पराजित गरेको थियो र तेस्रो खेलमा विराटनगरलाई ५२ रनले पराजित गरेको थियो ।

यता ललितपुरले अहिलेसम्म जितविहिन रहने क्रममा विराटनगरसँग पहिलो खेलमा ४ विकेटले र दोस्रो खेलमा चितवनसँग ८९ रनले पराजित भएको थियो ।

यसरी आजको दिनको पहिलो खेलमा दुबै टिमलाई जितको उत्तिकै महत्त्वपूर्ण रहेको छ । दुबै टिमलाई स्पष्ट जितको आबस्यक रहेको छ । काठमाडौंले जिते क्वालिफायर पक्का गर्नेछ भने ललितपुरलाई पनि प्रतियोगीतामा रहिरहन आजको खेल आफ्नो पक्षमा पार्नै पर्ने जरुरी छ ।

यदि ललितपुर काठमाडौंसँग पराजित भएको खण्डमा प्रतियोगिताबाट बाहिरिने छ ।

यस्तै आजको दिनको दोस्रो खेलमा चितवन राईनोज र विराटनगर टाईटन्सबीच प्रतिष्पर्दा हुँनेछ ।

दिउँसो साढे १ बजेपछी हुने खेलमा दुबै टिमलाई जितको उत्तिकै महत्त्वपूर्ण रहेको छ । समान ३/३ खेल खेलेपछि चितवन अपराजित रह्दै आएको छ भने विराटनगर तीन खेलमा दुईमा जित र एकमा हार ब्यहोरेको छ ।

चितवनले आफ्नो जितको शिलसिला कायम राख्ने क्रममा पहिलो खेलमा बलियो काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो। भने दोस्रो खेलमा ललितपुरलाई ८९ रनले पराजित भएको थियो भने तेस्रो खेलमा पोखरालाई ७ विकेटले पराजित गरेको थियो ।

यता भने विराटनगरले सुरुका दुई खेलमा जित निकाल्दै पहिलो खेलमा ललितपुरलाई ४ विकेट र दोस्रो खेलमा पोखरा पल्टनलाई ६ विकेटले पराजित गरेको थियो ।भने तेस्रो खेलमा भने विराटनगर चितवनसँग ७ विकेटले पराजित हुँन पुगेको थियो ।

यसअर्थमा आजको खेलमा चितवनले जित निकालेको खण्डमा अंकतालिकामा पहिलो स्थानमा रहदै फाइनल प्रबेश गर्नेछ भने विराटनगरले पनि ठुलो अन्तरले जित हासिल गरेमा विराटनगरको पनि शिर्षस्थानमा रह्दै फाइनल प्रबेश गर्ने सम्भावना रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *