onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डब्लुसिएलमा विराटनगरमाथि काठमाडौंको सहज जित

काठमाडौं ( अनलाइन खेलखबर ) |काठमाडौंमा जारी नेपालको पहिलो महिला लिग डब्लुसिएलमा काठमाडौंले दोस्रो जित हासिल गरेको छ ।

शनिबार भएको खेलमा काठमाडौंले विराटनगरलाई ५२ रनले पराजित गरेको छ ।

खेलमा विराटनगरले प्रस्तुत गरेको १ सय ४० रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको विराटनगर निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा ८७ रनमा सिमित हुँन पुगेपछी खेल काठमाडौंले आफ्नो पक्षमा पार्न सफल भयो ।

विराटनगरका लागि लक्ष्मी चौधरीले ४० रन बनाउँनु बाहेक अन्य ब्याटरबाट उल्लेख्य योगदान हुन नसकेपछी विराटनगरले जारी प्रतियोगितामा पहिलो हार ब्यहोरेको छ ।

बलिङतर्फ सुमन विष्टले २ तथा ईश्वरी विस्ट र कप्तान रुबिनाले पनि समान १/१ विकेट हात पारे ।

त्यसअघि किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले रोमा थापाको अर्धशतकिय पारीको मद्धतमा निर्धारित २० ओभर पुरै खेल्दै मात्र २ विकेटको क्षतिमा १ सय ३९ रन बनाउँन सफल भएको थियो ।

खेलमा पहिलो विकेटलाई सोभा आलेलाई २ रनमा गुमाएको भएपनी टिमले रोमा थापा र रश्मि चौलागाईंबीच ७६ रनको साझेदारी हुँन पुगेपछी टिम ठूलो स्कोरतर्फ अग्रसर भएको थियो ।

१२.५ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएकी रश्मीले ३४ रनको योगदान गरिन भने रोमा थापा र कप्तान रुबिना क्षेत्रीले अविजित रहदै क्रमश : ५३ र ३५ रनको योगदान गरेपछि काठमाडौंले यो स्कोर बनाउन सफल भयो ।

प्रतिक्रिया दिनुहोस्