onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

काठमाडौंले विराटनगरसामू ठुलो लक्ष्य प्रस्तुत : रोमा थापाको अर्धसतकीय पारी

काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी नेपालको पहिलो महिला क्रिकेट लिग अन्तर्गत अहिले काठमाडौंले विराटनगर टाईटन्सको सामना गरिरहेको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले रोमा थापाको अर्धशतकिय पारीको मद्धतमा निर्धारित २० ओभर पुरै खेल्दै मात्र २ विकेटको क्षतिमा १ सय २९ रन बनाउँन सफल भएको छ ।

बिज्ञापन

खेलमा पहिलो विकेटलाई सोभा आलेलाई २ रनमा गुमाएको भएपनी टिमले रोमा थापा र रश्मि चौलागाईंबीच ७६ रनको साझेदारी हुँन पुगेपछी टिम ठूलो स्कोरतर्फ अग्रसर भएको थियो ।

१२.५ ओभरमा दोस्रो विकेटका रुपमा पभेलियन फर्किएकी रश्मीले ३४ रनको योगदान गरिन भने रोमा थापा र कप्तान रुबिना क्षेत्रीले अविजित रहदै क्रमश : ५३ र ३५ रनको योगदान गरेपछि काठमाडौंले यो स्कोर बनाउन सफल भयो ।

बलिङतर्फ विराटनगरकी ड़ोली भट्टले १ विकेट लिएकी थिइन् ।

अब काठमाडौंले प्रस्तुत गरेको १ सय ४० रनको विजयी चुनौतीलाई पछ्याउँदै विराटनगरले अबको केहिसमय पछि जवाफी ब्याटिङ गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्