स्वार्थी समर्थक !

स्वार्थी समर्थक !

शलमान शाह ( अनलाइन खेलखबर ) | अहिले काठमाडौंमा नेपाली महिला क्रिकेट ईतिहासकै पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) जारी रहेको छ ।

प्रतियोगिताको मध्यतिर पनि लिग आईपुगेको अबस्थामा कुल पाँच टिमले आफ्नो खेल प्रस्तुत गरिरहेका छ्न । प्रतियोगिताको फाइनल नजिकिदै गर्दा उपाधि भिडन्त पनि रोचक बन्दैं गएको छ ।

आयोजक क्विईन्स ईभेन्ट म्यानेजमेन्टले ओझेलमा् पर्दै आएको महिला क्रिकेटमाथि बिश्वास गर्दै महिला क्रिकेटको बिकाशमा एउटा ठूलो कदम चाल्दै प्रतियोगितालाई हालसम्म निकै शानदार तरिकाले अगाडी बढाईरहेको छ । र बाकीका दिन पनि त्यो निरंतरतानै रहनेमा कुनै दुईमत छैन ।

असोज २९ गते अर्थात बुधवार बाट सुरु भएको डब्लुसिएलको खेलहरु राम्रो हिसाबले चल्दै गर्दा खेलको अर्को महत्वपूर्ण पक्ष दर्शक समर्थकको सङ्ख्या भने निकै कम अझ औंलाले गर्न सकिनेमा उपस्थिति रहेको छ ।

पहिलो पटक यो स्तरको प्रतियोगिता खेलिरहेका खेलाडीलाई यसपटक समर्थकहरुले पनि राम्रो साथ दिदै महिला क्रिकेटलाई पनि नियाल्न मैदानसम्म आईपुग्नेछ्न भन्ने सबैमा बिश्वास थियो ।

प्रतियोगिताको पुर्व सन्धासम्म हामीले भेटेका खेलाडीमा छुट्टै रौनक र उत्साह उनिहरुमा रहेको थियो .. हामिलाई पनि क्रिकेटप्रेमी समर्थकबाट न्यानो साथ मिल्नेछ भनेर… तर बिडम्बना अहिले सम्म त्यो बिश्वास हाम्रा खेलाडीको पूरा भएको छैन ।

प्रतियोगिता सुरु भयो . बुधबार ,बिहिबार शुक्रबार स्वाभाविक हो विदा हुँदैन , कसै काम बिशेषमा जानुपर्ने हुन्छ कसैलाई विधालय क्याम्पस जानू पर्ने हुन्छ , विबिध कारणले समय मिलाउँन गार्हो पक्कै हुन्छ । तर शनिबारको दिन बिदाको दिन पनि महिला खेलाडीले करिब ७०/८० जना समर्थकबाट मात्र साथ् पायो ।

जहाँ ईक्छा त्यहाँ उपाय गर्न सकिन्छ त्यो भन्दा पनि यहाँ मन, सोच र हेराईमा भर पर्न सक्छ । खेलाडीले धेरै आशा पनि गरेका छैनन तर समर्थकले मैदानमा आएर खेलाडीलाई हौसला दिने माहोल बनोस भन्नेमा खेलाडीहरु पनि लालाहित भएको देखिन्छ ।

हो अन्यको तुलनामा सुरुमा महिला क्रिकेट “बोरिङ” लाग्न सक्छ हेर्ने बानि नभएको अबस्थामा तर हेरेपछि अन्यको तुलनामा महिला क्रिकेट पनि कम भने छैन अहिले जारी डब्लुसिएलमा पनि त्यो देखिएको छ ।

यसबिचमा समर्थकहरुको कम सङख्यामा उपस्थिति भएको बिषयमा नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना क्षेत्रीले शुक्रबार एक संदेश समेत जारी गर्दै समर्थकहरुलाई मैदानमा आएर खेलाडीलाई हौसला प्रदान गर्न आग्रह समेत गरिएकी छिन ।

यति बेला खेलाडीहरु लाई साथ् र हौसला चाहिएको छ यस्तोमा हामि चुक्नु हुँदैन । एक जनाको उपस्थितिले अहिलेको अबस्थामामा ठूलो महत्व राख्नेछ ।

यो स्तरको प्रतियोगिता हुँदैछ खेलाडिहरु सँग खुशियाली मनाऔं अझ साथ् माया प्रदान गर्दै गर्यौ त्यसलाई निरन्तरता दिदै जाउँ । र सबैमा लागु नहोला र सबैमा भएको अझ राम्रो :

तर केहिले यस्तो अबस्थामा खेलाडीहरुको मनोबल बढाउन भएपनि , साथ् , माया र हौसला प्रदान गर्न पक्कै यस्तोमा हामी चुक्नु हुँदैन ।

एसोसियट क्रिकेटमा हाम्रो फ्यान क्रेज आफैमा लोभलाग्दो रहेको छ । पुरुष क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा यति धेरै समर्थकको साथ पाउँछ कि त्यो आफैमा प्रशंसायुक्त रहेको छ ।

नेपाली क्रिकेटले पाईरहेको पछ्याउँने सङ्ख्याको हिसाबले गर्दा कुनै टेस्ट राष्ट्रको भन्दा पनि बढी रहेको छ ।

अहिले त अन्तर्राष्ट्रियमा मात्र सिमित रहेन राष्ट्रिय स्तरमा हुने लिगमा पनि समर्थकहरुको उल्लेख्य साथ पाईरहेको अवस्थामा महिला क्रिकेटप्रती हामी किन स्वार्थी बनिरहेका छौ ।

यो सोचनीय विषय बनेको छ यो हाम्रोमा भने नौलो भने होईन भारतजस्तो उच्च समर्थकहरु पाउने ठाउँमा पनि महिला क्रिकेटमा त्यति साथ् पाईरहेको हुँदैन जुन तितो सत्य हो ।

तर हामीले अब भने आफ्नो सोच बदल्दै महिला क्रिकेटलाई पनि पछ्याउने बेला आएको छ हामिलाई लागेको छ । यो स्तरको प्रतियोगिता अहिले भई रहेको अबस्थामा अब भने हामिले नेपाली महिला खेलाडीप्रति पनि उदार बन्दै हौसला र साथ् दिन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *