onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

कप्तान सीताको अर्धशतकमा पोखराबाट सम्मानजनक लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेलखबर ) | कप्तान सिता राना मगरले अर्धशतक पारी खेलेपछि काठमाडौंमा जारी नेपालको पहिलो महिला क्रिकेट लिग डब्लुसिएलमा पोखरा पल्टनले चितवन राईनोजलाई सम्मानजनक लक्ष्य प्रस्तुत गरेको छ ।

किर्तिपुरस्थित त्रिवि अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय २७ रन बनाएको छ ।

पोखरालाई सम्मानजनक स्कोरतर्फ पुर्याउन कप्तान सिताले अर्धशतकीय ६५ रनको पारी खेलिन । ५६ बलको सामना गरेकी उनले ७ चौका र १ छक्काको मद्दतमा उक्त रन बनाएकी हुँन ।यस्तै टिमका लागि कबिता कुबंरले १५ तथा मन्जु बोगटीले अविजित रहदै २४ रनको योगदान गरेकी थिइन् ।

बलिङतर्फ चितवनकीकबिता गौतमले २ तथा रेखा रावलले १ विकेट हात पारिन ।

अब पोखराले प्रस्तुत गरेको १ सय २८ रनको विजयी चुनौतीलाई पछ्याउदै चितवनले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

यसअघि जारी प्रतियोगितामा चितवनले लगातार दुई खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा ललितपुरलाई ८९ रनले पराजित गरेको थियो ।

यता पोखराको भने ठिक विपरित भईरहेको छ । पोखरा जितविहिन रहेको छ । दुई खेल खेलिसकेको पोखरा पहिलो खेलमा काठमाडौंसँग ८२ रन तथा दोस्रो खेलमा विराटनगरसँग ६ विकेटले पराजित हुँन पुगेको छ।

प्रतिक्रिया दिनुहोस्