आईतबारबाट काठमाडौंमा प्रो कर्पोरेट क्रिकेट लिग हुँदै
काठमाडौं ( अनलाइन खेलखबर ) । भैरहवा क्विन्स प्रालिको आयोजना तथा राइनो स्पोर्ट्सको ब्यबस्थापनमा आउँदो आईतबार देखी काठमाडौंमा प्रो कर्पोरेट क्रिकेट लिग सुरु हुने भएको छ ।
कार्तिक ९ गतेसम्म चल्ने प्रतियोगितामा कुल ५ टिमको सहभागिता रहने छ । जसमा नयाँ पत्रीका, वर्ल्ड लिंक, क्रिकेट हिमालय, एप्पोन र रिलायबल लाइफ इन्सुरेन्सको सहभागी रहने छ ।
प्रतियोगिताको लिगचरणका खेलहरु मुलपानी क्रिकेट मैदानमा हुँनेछ भने सेमिफाइनल र फाइनल खेल भने त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँने आयोजकले जानकारी गराएको छ ।
प्रतियोगिताको विजेताले ट्रफी मेडल, प्रमाणपत्र पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीले ट्रफीसहित एलईडी टेलिभिजन तथा वर्ल्ड लिंकको एक वर्षको नेट टिभी र इन्टरनेट कनेक्सन निशुल्क प्राप्त गर्नेछ्न ।
भने उत्कृष्ट ब्याट्सम्यान बलर र विकेटकिपरले ६ महिनाको लागि नेट टिभी र इन्टरनेट कनेक्सन निशुल्क पाउने आयोजकले जानकारी गराएको छ ।