दुई टिम लगातार तेस्रो जितको खोजिमा

दुई टिम लगातार तेस्रो जितको खोजिमा

काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) को चौथो दिन शनिबार आज पनि दुई खेल हुँदैछ ।

जसअन्तर्गत दिनको पहिलो खेलमा बिहान साढे ९ बजेपछी पोखरा पल्टन र चितवन राईनोजबीच प्रतिष्पर्दा हुँदैछ ।

जारी प्रतियोगितामा चितवनले लगातार दुई खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा काठमाडौंलाई ५ विकेटले पराजित गरेको चितवनले दोस्रो खेलमा ललितपुरलाई ८९ रनले पराजित गरेको थियो ।

यता पोखराको भने ठिक विपरित भईरहेको छ । पोखरा जितविहिन रहेको छ । दुई खेल खेलिसकेको पोखरा पहिलो खेलमा काठमाडौंसँग ८२ रन तथा दोस्रो खेलमा विराटनगरसँग ६ विकेटले पराजित हुँन पुगेको छ।

त्यसैले पोखरालाई प्रतियोगितामा रहिरहनका लागि आज चितवनलाई हराउँनै पर्ने दबाब रहेको छ ।यदि आजको खेल गुमाएको खण्डमा पोखरा प्रतियोगिताबाटै बाहिरिने छ ।

चितवन भने प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने रणनीतिका साथ आज पनि मैदानमा उत्रिने छ ।

यस्तै दिनको आजको दोस्रो खेल दिउँसो साढे १ बजेपछि विराटनगर टाईटन्सले काठमाडौंको सामना गर्नेछ ।

जारी प्रतियोगितामा विराटनगरले लगातार दुई जित हासिल गरेको छ । पहिलो खेलमा ललितपुरलाई ४ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पोखरा पल्टन वारियर्सलाई ६ विकेटले पराजित गरेको थियो ।

भने काठमाडौंले पहिलो खेलमा चितवन राईनोजसँग ५ विकेटले पराजित हुँदा दोस्रो खेलमा काठमाडौंले प्रतियोगितामा राम्रो कमब्याक गर्ने क्रममा पोखरालाई ८२ रनले पराजित गर्न सफल भएको थियो ।

यसअर्थमा आज दुबै टिमका लागि जित निकै महत्वपूर्ण रहेको छ । विराटनगर आफ्नो जितको लयलाई गुमाउँन चाहदैन भने काठमाडौं पनि जितलाई निरंतरता दिदै प्रतियोगिताको प्ले अफ नजिक पुग्न चाहन्छ ।

यता प्रतियोगिताको अंकतालिकामा अहिले विराटनगर ४ अंकका साथ पहिलो स्थानमा रहेको छ भने समान ४ अंकभएको भएपनी नेट रनरेटमा पछि पर्दै चितवन दोस्रो स्थानमा रहेको छ भने तेस्रोमा काठमाडौं २ अंकसहित रहेको छ भने ललितपुर र पोखरा अंकबिहिन क्रमशः चौथो र पाँचौ स्थानमा रहेको छ ।

यहाँबाट अंकतालीकाको शिर्षस्थानमा रहने टिम सिधै फाइनल प्रबेश गर्नेछ । भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले एलिमिनेटर खेल्नेछ । एलिमिनेटरको विजेताले फाइनल खेलमा अंकतालीकाको शिर्षस्थानको टिमसगँ खेल्नेछ ।

कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ७ लाख प्राप्त गर्नेछ भने उप विजेताले ३ लाख प्राप्त गर्नेछ ।

यता ब्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान स्कुटर सहित नगद ५० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २५/२५ हजार प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *