रितु कौनौजियाको अर्धशतकको मद्दतमा चितवनले दियो ललितपुरलाई ठुलो लक्ष्य
काठमाडौं ( अनलाइन खेलखबर ) । रितु कौनौजियाको अर्धशतकको मद्दतमा काठमाडौंमा जारी नेपालको पहिलो महिला क्रिकेट लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) को पाँचौ खेलमा ललितपुर फालकोनलाई बिरुद्द चितवन राईनोजले १ सय ३६ विजयी लक्ष्य प्रस्तुत गरेको छ ।
किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ३ विकेटको क्षतिमा १ सय ३५ रन बनाएको छ ।
चितवनका लागि रितु कनौजियाले सर्बाधिक ५८ रनको योगदान गरिन । अविजित रहेकी उनले ५५ बलको सामना गर्दै ८ चौकाको मद्दतमा उक्त अर्धसतकीय पारी खेलिन । यस्तै टिमका लागि कन्चन श्रेष्ठले १५ तथा कप्तान ईन्दु वर्माले १० र अन्त्यमा प्यारी चौधरीले अविजित रहदै २२ रनको योगदान गरेपछि चितवनले यो स्कोरतर्फ पुगेको हो ।
बलिङतर्फ ललितपुरको कप्तान नेरी थापाले सर्बाधिक २ तथा करुणा भण्डारीले १ विकेट हात पारिन ।
अब चितवनले दिएको १ सय ३६ रनको विजयी चुनौतीलाई पछ्याउदै ललितपुरले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।