onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

पोखराद्रारा विराटनगरसामू सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं ( अनलाइन खेलखबर ) | काठमाडौंमा जारी नेपालको पहिलो महिला फेन्चाईज लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) अन्तर्गत अहिले विराटनगर टाईटन्स र पोखरा पल्टन भिडिरहेका छन ।

किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै पोखराले निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा ९४ रन बनाएको छ ।

विराटनगरको कसिलो बलिङसामू सुरुवाती अबस्था देखि पोखरा निरिह जस्तो देखिएको थियो । जसअन्तर्गत तेस्रो ओभरको तेस्रो बलमा रुबी पौदारलाई व्यक्तिगत १ रनमा गुमाएको पोखराको दोस्रो विकेट टिमको स्कोर १३ रन हुँदा बिन्दु रावललाई गुमाएको थियो । उनले मात्र ५ रन जोडिन ।

त्यसपछी पनि पोखराले विकेट जाने क्रम रोकिएन जसमा रेवती धामीले १२ रन बनाएर पभेलियन फर्किईन । रेवती पछी टिमले कप्तान सिता राना मगरलाई पनि सस्तैमा गुमायो ।

२९ बलको सामना गरेकी उनले १६ रन बनाईन । यस्तै अन्जली चन्दले १५ तथाअन्त्यतिर कबिता कुवरले अविजित रहदै २२ रनको पारि खेलपछि टिमले सम्मानजनक स्कोरतर्फ पुगेको हो ।

बलिङतर्फ विराटनगरकी सबनम राईले सर्बाधिक २ तथा सोनु खडकाले १ विकेट लिएकी थिइन् ।

अब पोखराले प्रस्तुत गरेको ९५ रनको विजयी चुनौतीलाई पछ्याउदै विराटनगरले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

जारी लिगमा विराटनगर र पोखराले समान १/१ खेल खेलेका छन । पोखरा पहिलो खेलमा काठमाडौंसँग ठुलो अन्तरले पराजित हुने क्रममा ८२ रनले पराजित हुन् पुगेको थियो ।
भने विराटनगरले आफ्नो पहिलो खेलमा ललितपुरलाई ४ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्