टी -ट्वान्टी विश्वकप : ग्लोबल क्वालिफायर आजबाट सुरु
एजेन्सी | सन् २०२० मा अष्ट्रेलियामा हुँने आइसीसी टी-ट्वान्टी विश्वकपको अन्तिम छनोट अन्तर्गतको ग्लोबल क्वालिफायर आजबाट सुरु हुँदैछ ।
युएईका दुई शहर दुबई र आबुधावीमा हुने यस छनोट प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहने छ । जसबाट उत्कृष्ट ६ टिमले आगामी विश्वकपमा स्थान पक्का गर्नेछन ।
यस छनोट प्रतियोगितामा टेस्ट राष्ट्र आयरल्याण्डसहित आयोजक युएई , नेदरल्याण्ड , स्कटल्याण्ड , ओमान , पपुवा न्युगिनी , सिगांपुर ,नामिबिया , केन्या , बर्मुडा , हङकङ , क्यानडा ,नाईजेरिया र जर्सी रहेका छन ।
छनोटको पहिलो दिन शुक्रबार ४ खेल हुनेछन । जसमध्ये पहिलो खेल स्कटल्याण्ड र सिगांपुरबीच हुनेछ भने दोस्रोमा हङकङले आयरल्याण्डको सामना गर्नेछ ।
भने तेस्रोमा केन्या र नेदरल्याण्ड र चौथोमा आयोजक युएईले ओमानको सामना गर्नेछ ।
राउण्ड रोबिन र प्ले अफको आधारमा संचालन हुने यस छनोट प्रतियोगिता नोभेम्बर २ तारिखसम्म चल्नेछ । नेपाल भने विश्वकपको अन्तिम छनोट अन्तर्गत ग्लोबल क्वालिफायरमा छनोट हुन् नसक्दा नेपालले यो विश्वकपबाट टाढा भईसकेको छ । विश्वकप छनोटको दोस्रो चरण एसिया फाइनलबाटै नेपाल बाहिएको थियो ।