onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

डब्लुसिएलमा आज ललितपुर र पोखरा पहिलो जितको खोजीमा

काठमाडौं ( अनलाइन खेलखबर ) । काठमाडौंमा जारी नेपालको पहिलो महिला लिग वुमेन्स च्याम्पियन्स लिग ( डब्लुसिएल ) अन्तर्गत तेस्रो दिन आज शुक्रबार पनि दुई खेल हुँदैछ ।

जसअन्तर्गत पहिलो खेल जुन बिहान साढे ९ बजेपछी हुनेछ । जसमा पोखरा पल्टन र विराटनगर टाईटन्स भिड्ने छन । जारी लिगमा विराटनगर र पोखराले समान १/१ खेल खेलेका छन । पोखरा पहिलो खेलमा काठमाडौंसँग ठुलो अन्तरले पराजित हुने क्रममा ८२ रनले पराजित हुन् पुगेको थियो ।

भने विराटनगरले आफ्नो पहिलो खेलमा ललितपुरलाई ४ विकेटले पराजित गरेको थियो । यसअर्थमा आज दुवै टिमलाई आजको खेल उत्तिकै महत्वपूर्ण रहेको छ । विराटनगर प्रतियोगीतामा लगातार जित हासिल गर्ने रणनीति बनाउँदै गर्दा पोखरा पल्टन प्रतियोगितामा पहिलो जितको खोजीमा रहने छ ।

यस्तै आजको दिनको दोस्रो खेलमा चितवन राईनोज र ललितपुर फालकोनबीच दिउँसो साढे १ बजेपछी प्रतिष्पर्दा हुनेछ । जारी प्रतियोगितामा दुवै टिमले समान १/१ खेल खेल्दै चितवनले विजयी सुरुवात गरेको थियो भने ललितपुर पहिलो खेलमा पराजित हुन् पुगेको थियो ।

पहिलो खेलमा चितवनले बलियो मानिएको काठमाडौलाई ५ विकेटले पराजित गर्न सफल भएको थियो भने ललितपुर आफ्नो पहिलो खेलमा विराटनगरसँग ८२ रनले पराजित हुन पुगेको थियो ।

यो खेलमा पनि ललितपुर प्रतियोगितामा पहिलो जितको खोजीमा रहँदा चितवन प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने रणनीतिका साथ मैदान उत्रिने छ ।

अहिले प्रतियोगिताको अंकतालिकामा २ अंकका साथ विराटनगर पहिलो स्थानमा रहेको छ भने समान २/२ अंकभएपनि नेट रनरेटमा पछि पर्दै क्रमश : चितवन र काठमाडौ दोस्रो र तेस्रो स्थानमा रहेका छन ।

यहाँबाट अंकतालीकाको शिर्षस्थानमा रहने टिम सिधै फाइनल प्रबेश गर्नेछ । भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले एलिमिनेटर खेल्नेछ । एलिमिनेटरको विजेताले फाइनल खेलमा अंकतालीकाको शिर्षस्थानको टिमसगँ खेल्नेछ ।

कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ७ लाख प्राप्त गर्नेछ भने उप विजेताले ३ लाख प्राप्त गर्नेछ ।

यता ब्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान स्कुटर सहित नगद ५० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर र बलरले समान २५/२५ हजार प्राप्त गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्