onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विराटनगरको विजयी सुरुवात

काठमाडौं( अनलाइन खेलखबर ) | नेपाली महिला क्रिकेटको पहिलो लिग वुमेन्स च्याम्पियन्स लिग ( ड्ब्लुसिएल) को आफ्नो पहिलो खेलमा विराटनगर टाईटन्सले ललितपुर फालकोनलाई ४ विकेटले पराजित गरेको छ ।

बिहिवार भएको दिनको दोस्रो खेलमा ललितपुरले प्रस्तुत गरेको १ सय २३ रनको विजयी चुनौतीलाई विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर भेटाएको थियो ।

ओपनर ब्याटर ज्योति पाण्डे र सोनु खड्काले टिमलाई ठोस सुरुवात दिलाउँने क्रममा पहिलो विकेटका लागि ८३ रनंको ओपनिङ साझेदारी गरेपछि टिम सहज जिततर्फ अग्रसर भएको थियो ।

टिमले पहिले विकेटका लागि ९.१ ओभरमा सोनु खडकालाई व्यक्तिगत २४ रनमा गुमाएको थियो । उनले २६ बलको सामना गर्दै २ चौका र १ छक्काको मद्दतमा उक्त पारी खेलेकी थिईन ।

यस्तै टिमलाई जिताउन ज्योति पाण्डेले ६५ रनको योगदान गरिन । ४३ बलको सामना गरेकी उनले १० चौका र १ छ्क्काको मद्दतमा उक्त रन बनाएकी थिइन् ।

बलिङतर्फ ललितपुरकी सम्झना खडकाले २ तथा करुणा भण्डारीले १ विकेट हात पारेकी थिईन ।

त्यसअघि काठमाडौंस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय २२ रन बनाउँन सफल भएको थियो ।

ललितपुरका लागि ममता चौधरीले सर्बाधिकले २८ रनको योगदान गरिन । २४ बलको सामना गरेकी उनले ३ चौकाको मद्दतमा उक्त रन बनाईएकी थिइन् ।
त्यसअघि पहिलो विकेटको रुपमा सरिता मगरलाई व्यक्तिगत १ रनमा गुमाएको ललितपुरले लगत्तै नेरी थापालाई पनि सस्तैमा गुमाएको थियो । उनले मात्र ४ रन बनाईन । भने तेस्रो विकेटका रुपमा पभेलियन फर्किएकी रोशनी बोहराले ९ रन बनाईन ।

त्यसपछी भने टिमका लागि करुणा भण्डारीले अन्त्यतिर २१ रनको योगदान गरेपछि टिमले सम्मानजनक स्कोर बनाउन सफल भयो ।

बलिङतर्फ बिराटनगरकी सबनम राई र आरती बिडारीले समान १/१ विकेट लिएका थिए ।

अब प्रतियोगितामा भोलि शुक्रबार पनि दुई खेल हुनेछ । पहिलोमा बिराटनगर र पोखरा भिड्ने छन भने दोस्रो खेलमा चितवन र ललितपुर भिड्ने छन ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *