onlinekhelkhabar.com

Complete website for Nepali Sports News

विराटनगरले पायो मध्यम विजयी चुनौती

काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली महिला क्रिकेटको पहिलो लिग वुमेन्स च्याम्पियन्स लिग ( ड्ब्लुसिएल) को दोस्रो दिनको दोस्रो खेलमा अहिले ललितपुर फालकोन र विराटनगर टाईटन्स भिडिरहेका छन ।

काठमाडौंस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय २२ रन बनाउँन सफल भएको छ ।

ललितपुरका लागि ममता चौधरीले सर्बाधिकले २८ रनको योगदान गरिन । २४ बलको सामना गरेकी उनले ३ चौकाको मद्दतमा उक्त रन बनाईएकी थिइन् । त्यसअघि पहिलो विकेटको रुपमा सरिता मगरलाई व्यक्तिगत १ रनमा गुमाएको ललितपुरले लगत्तै नेरी थापालाई पनि सस्तैमा गुमाएको थियो । उनले मात्र ४ रन बनाईन । भने तेस्रो विकेटका रुपमा पभेलियन फर्किएकी रोशनी बोहराले ९ रन बनाईन ।

त्यसपछी भने टिमका लागि करुणा भण्डारीले अन्त्यतिर २१ रनको योगदान गरेपछि टिमले सम्मानजनक स्कोर बनाउन सफल भयो ।

बलिङतर्फ बिराटनगरकी सबनम राई र आरती बिडारीले समान १/१ विकेट लिएका थिए ।

अब ललितपुरले दिएको १ सय २३ रनको विजयी चुनौतिलाई पछ्याउंदै बिराटनगरले अबको केहि समयपछी जवाफी ब्याटिङ गर्नेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *