चितवनको विजयी सुरुवात
काठमाण्डौ ( अनलाइन खेलखबर ) | नेपालको पहिलो महिला फेन्चाईज महिला लिग वुमेन्स च्याम्पियन्स लिग ( ड्ब्लुसिएल ) को पहिलो खेलमा चितवन राईनोजले क्याट क्विन काठमाण्डौलाई ५ विकेटले पराजित गरेको छ ।
खेलमा काठमाण्डौले दिएको ९३ रनको विजयी लक्ष्य पछ्याउदै जवाफी ब्याटिङ गरेको चितवनले १८.३ ओभरमा ५ विकेटको क्षतिमा उक्त चुनौतीलाई भेटायो ।
चितवनको पहिलो जितमा सुमन खतिवडाले सर्बाधिक २९ रनको पारी खेलिन । २३ बलको सामना गरेकी उनले ४ चौकाको मद्दतमा उक्त स्कोर बनाएकी थिईन ।
यस्तै चितवनका लागि ओपनर ब्याटर काजल श्रेष्ठले ११ रन तथा ऋतु कौनौजियाले १४ र प्यारी चौधरीले अविजित रहदै १५ रनको योगदान गरे ।
बलिङतर्फ काठमाण्डौकी ईश्वरी बिष्टले २ तथा सरस्वती कुमारी , संगीता राई र लक्ष्मी साउदले समान १/१ विकेट लिए ।
त्यसअघि किर्तिपुरस्थित त्रिवी अन्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाण्डौ निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेटको क्षतिमा ९२ रन बनाएको थियो ।
काठमाण्डौका लागि ओपनर ब्याट्रर रश्मि चौलागाईले राम्रो सुरुवात दिलाएकी थिईन । पहिलो विकेटको रुपमा पभेलियन फर्किएकी रश्मि टिमको स्कोर ४० रन हुँदा व्यक्तिगत ३४ रनमा आउट हुन् पुगिन ।
२५ बलको सामना गरेकी उनले ७ चौकाको मद्द्तमा उक्त रन बनाएकी थिईन । राम्रो सुरुवात गरेको भएपनि काठमाण्डौ त्यसपछी भने राम्रो प्रदर्शन गर्न सकेन ।
यसबीचमा काठमाण्डौका कुनै ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा टिम कम स्कोरमा रोकिन बाध्य भएको छ । काठमाण्डौका रोमा थापा र सोभा आलेले समान ९ /९ रन बनाएका थिए भने अप्सरी बेगमले ६ रन , सरस्वति कुमारीले १५ रन बनाएकी थिएँन |
बलिङतर्फ चितवनका सन्तोषी चौधरीले सर्बाधिक ३ तथा रेखा रावल र कबिता गौतमले समान २/२ विकेट लिए भने रितु कौनौजियाले १/१ विकेट हात पारे ।