डब्लुसिएल आजबाट सुरु हुँदै : उद्घाटन खेलमा काठमाडौं र चितवन भिड्ने

डब्लुसिएल आजबाट सुरु हुँदै : उद्घाटन खेलमा काठमाडौं र चितवन भिड्ने

काठमाडौं (अनलाइन खेलखबर ) | नेपालको पहिलो फेन्चाईज महिला लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि – ट्वान्टी क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

काठमाडौं किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टिमकी कप्तान समेत रहेकी रुबिना क्षेत्री मार्की खेलाडी रहेको
क्याट क्विन काठमाडौ र ईन्दु वर्मा मार्की खेलाडी रहेको चितवन राईनोज भिड्ने छ्न ।

खेल नेपाली समय अनुसार बिहान साढे ११ बजेपछि सुरु हुनेछ । त्यसअघि प्रतियोगिताको उद्घाटन कार्यक्रम रहेको आयोजकले जानकारी गराएको छ ।

कार्तिक ७ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ७ लाख प्राप्त गर्नेछ भने उप विजेताले ३ लाख प्राप्त गर्नेछ ।

यता ब्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान स्कुटर सहित नगद ५० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सवुमेन र बलरले समान २५/२५ हजार प्राप्त गर्दा प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार प्राप्त गर्नेछ्न ।

कुल ५ टिमको सहभागिता रहने यस प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग १/१ खेल गरि कुल ४ खेल खेक्नेछ्न ।

यहाँबाट अंकतालीकाको शिर्षस्थानमा रहने टिम सिधै फाइनल प्रबेश गर्नेछ । भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले एलिमिनेटर खेल्नेछ । एलिमिनेटरको विजेताले फाइनल खेलमा अंकतालीकाको शिर्षस्थानको टिमसगँ खेल्नेछ ।

प्रतियोगितामा सहभागी हुने टिममा पोखरा पल्टन , ललितपुर फाल्कोन्स, क्याट क्विन काठमाडौ, विराटनगर टाइन्टस र चितवन राइनोज रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *