हैदराबाद लाई रोमाञ्चक खेल मा हराउदै चेन्नई आईपिएल को फाईनल मा

हैदराबाद लाई रोमाञ्चक खेल मा हराउदै चेन्नई आईपिएल को फाईनल मा

काठमाडौ ( अनलाईन खेलखबर ) || फाफ डुप्लेसिस को उत्कृष्ट पारिको मद्धत ले चेन्नई द्रारा हैदराबाद २ विकेटले रोमाञ्चक खेल मा पराजित भएको छ ।

आईपिएल को यस संस्करण को पहिलो क्वालिफायर अन्तर्गत वानखडे स्टेडियम मुम्बई मा भएको खेल मा टस हारेर पहिले ब्याटिङ गरेको सनराईजर्स हैदराबाद ले निर्धारित पुरै २० ओवर को सामना गर्दै औषत १ सय ३९ रन ७ विकेट गुमाएर बनाएको थियो । जसमा काल्रेस ब्रेथबेट ले सर्बाधिक ४३ रन बनाएका थिए भने युशुफ पढान २४ रन , केन विलियम्सन ले नि समान २४ रन बनाएका थिए भने अन्य ब्याटसम्यान चल्न नसक्दा टिम कम स्कोर मा रोकिएको थियो ।


बलिग तर्फ चेन्नई का लागि ब्राबो ले २ विकेट लिए यस्तै रबिन्द्र जडेजा , सार्दुल ठाकुर , दिपक चाहर र लुङगि एनगिदिले समान १/१ विकेट लिएका थिए ।

१ सय ४० रनको औषत लक्ष्य पछ्याएको भए पनि चेन्नई ले उक्त लक्ष्य ८ विकेट गुमाएर १९ ओवर १ बल मा भेटाएको थियो । निकै रोमाञ्चक थपेको खेल मा फाफ डु प्लेसिस को अबिजित ६७ रनको पारी ले चेन्नई जित हासिल गर्न सफल भएको हो । उनले ५ चौका र ४ छ्क्का समेत प्रहार गरे यस्तै सुरेश रैना ले २२ रन , सार्दुल ठाकुर ले १५ रन , महेन्द्र सिँह धोनी ले ९ रन र डिजे ब्राबो ले ७ रन , रबिन्द्र जडेजा ले ३ रन जोडदा दिपक चाहर ले अबिजित १० रन बनाएका थिए ।

बलिग तर्फ हैदराबाद का लागि सन्दिप सर्मा , सिद्धार्थ कौल र रासिद खान ले समान २/२ विकेट लिए भने भुबेनेस्वर ले १ विकेट हात पारे ।

आइपिएलको एलिभिनेटरमा बुधबार कोलकाता नाइट राइजर्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ । त्यो खेलको विजेताले शुक्रबार फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर्समा हैदाराबादको सामना गर्नेछ । फाइनल आइतबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *