पारस खड्काले कप्तानी छोड्ने घोषणा
काठमाडौं ( अनलाइन खेलखबर ) | नेपाली क्रिकेट टिमको लामो समय देखि कप्तानि गर्दै आएका पारस खड्काले कप्तानी छोड्ने घोषणा गरेका छ्न ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आईसीसी ) ले नेपालमाथि लगाउँदै आएको निलम्बन फुकुवाको भोलीपल्ट कप्तानी गर्दै आएका पारस खड्काले आफ्नो जिम्मेवारी छोड्ने घोषणा गरेका छन ।
आज काठमाडौमा पत्रकार सम्मेलन गरि पारसले यो घोषणा गरेका हुन ।
सन २००९ देखि नेपाली क्रिकेट टिमलाई सम्हादै आएका नेपाली क्रिकेट टिमका सफल कप्तान मध्यका एक पारस खड्का अब भने मात्र खेलाडीको भुमिकामा रहने छ्न ।
नेपाली क्रिकेटका यो स्तरको सफलतामा ठूलो योगदान पुर्याएका पारसले नयाँलाई मौका दिने र आफ्नो लागि पनि यो समय ठिक रहेको भन्दै कप्तानी छोड्ने घोषणा गरेको पारस खड्काले बताएका छ्न ।