सर्तसहित नेपाल क्रिकेट संघको निलम्बन फुकुवा
काठमाडौं ( अनलाइन खेलखबर ) | अन्तर्राष्ट्रिय क्रिकेट परिषद ( आईसीसी ) ले नेपालमाथि लगाउँदै आएको निलम्बनलाई सर्तसहित फुकुवा गरेको छ ।
आईतबार र सोमबार युएईस्थित दुबईमा रहेको आईसीसीको मुख्यालयमा बसेको आईसीसीको विशेष बैढकमार्फत नेपाललाई फुकुवा गर्ने निर्णय गरेको छ । जसमा आईसीसीले विभिन्न सर्तहरु राखेको छ तर सर्तहरु के- के रहेका छ्न यसबारेमा भने आईसीसीले कुनै कुरा खुलाएको छैन ।
गत असोज ११ गते काठमाडौंमा नेपाल क्रिकेट संघको निर्वाचन सम्पन्न भएपछि लामो समयदेखि आईसीसीले नेपालमाथि लगाउँदै आएको निलम्बन फुकवा हुने आधार बनेको थियो ।
र सोही कुरालाई ध्यानमा राख्दै आईसीसीले सोमबार नेपालमाथिआईसिसिले ठूलो निर्णय गरेको छ ।
नेपाली क्रिकेटमा राजनितिक हाबी र आर्थिक प्रादशिकता नभएको भन्दै आईसीसीले क्यानलाई सन २०१६ अप्रिलमा निलम्बन गरेको थियो । निलम्बनमा भएता पनि आईसीसीले नेपालमाथि उदार देखिएको थियो ।
जसमा आईसीसीको निगरानीमा नेपालले आफ्नो खेल र गतिविधि गर्दै आएको थियो ।