onlinekhelkhabar.com

Complete website for Nepali Sports News

वुमेन च्याम्पियन्स लिगको विजेताले ७ लाख पाउँने

काठमाडौं (अनलाइन खेलखबर ) | बुधबार देखि काठमाडौंमा सुरु हुन गईरहेको नेपालको पहिलो फेन्चाईज महिला लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसिएल) टि – ट्वान्टी क्रिकेट प्रतियोगिताको पुरस्कारराशी सार्बजनिक गरिएको छ ।

आज सोमबार प्रतियोगिताको आयोजक क्विन्स ईभेन्ट म्यानजमेन्ट प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिताको पुरस्कारराशी सार्बजनिक गरिएको छ ।

जसअन्तर्गत प्रतियोगिताको विजेताले नगद ७ लाख प्राप्त गर्नेछ भने उप विजेताले ३ लाख प्राप्त गर्नेछ ।

बिज्ञापन

यता ब्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एकथान स्कुटर सहित नगद ५० हजार प्राप्त गर्ने छन् ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याट्सवुमेन र बलरले समान २५/२५ हजार प्राप्त गर्दा प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ हजार प्राप्त गर्नेछ्न ।

कुल ५ टिमको सहभागिता रहने यस प्रतियोगितामा प्रत्येक टिमले एक अर्कासँग १/१ खेल गरि कुल ४ खेल खेक्नेछ्न ।

यहाँबाट अंकतालीकाको शिर्षस्थानमा रहने टिम सिधै फाइनल प्रबेश गर्नेछ । भने दोस्रो र तेस्रो स्थानमा रहने टिमले एलिमिनेटर खेल्नेछ ।

एलिमिनेटरको विजेताले कार्तिक ७ गते हुने फाइनल खेलमा अंकतालीकाको शिर्षस्थानको टिमसगँ खेल्नेछ ।

प्रतियोगितामा सहभागी हुने टिममा पोखरा पल्टन , ललितपुर फाल्कोन्स, क्यापिटल्स रोयल्स काठमाडौं, विराटनगर टाइन्टस र चितवन राइनोज रहेका छन ।

खेलतालिका अनुसार उद्घाटन खेलमा चितवन राईनोज र क्याट क्विन काठमाडौ भिड्ने छ्न ।

काठमाडौ किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा प्रतियोगिताको सबै खेल हुनेछ । उद्घाटन खेल बिहान साढे ११ बजेपछी सुरु हुनेछ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *