onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

दुई सिरिज खेली नेपाली क्रिकेट टोली स्वदेश फिर्ता

असोज २४ , अनलाइन खेलखबर | ओमानमा भएको पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिज तथा सिगांपुरमा भएको त्रिकोणात्मक सिरिजमा सहभागी जनाएर नेपाली क्रिकेट टिम
आज शुक्रबार स्वदेश फर्किएको छ ।

फोटो सौजन्य : होटेल क्राउन प्लाजा

नेपाली टोलि बिहान स्वदेश फिर्ता भएको थियो । टोलीलाई स्वागत गर्न राष्ट्रिय खेलकुद परिषदका सदस्य सचीव रमेश सिलबाल लगायतका त्रिवि अन्तर्राष्ट्रिय बिमानस्थल पुगेका थिए ।

ओमान सिरिजको बिहीबार अन्तिम खेलमा आयोजक ओमानसँग पराजित हुँदै समग्रमा ४ खेलमा दुईमा हार र दुई खेलमा जित हासिल गर्दै अंकतालिकामा नेपाल तेस्रो स्थानमा रह्दै सिरिजको समापन गरेको थियो ।
बिज्ञापन

नेपालले लगातार दुई खेलमा जित हासिल गर्नेक्रममा हङकङ र नेदरल्याण्डलाई समान ४/४ विकेटले पराजित गर्दा तेस्रो खेलमा आयरल्याण्ड र चौथो तथा अन्तिम खेलमा ओमानसँग पराजित हुन पुगेको थियो ।

ओमान सिरिज अघि नेपालले जिम्बावे , सिगांपुर र नेपालबीचको त्रिकोणात्मक सिरिज खेल्दै सिगांपुरबाटै ओमान पुगेको थियो ।

आसन्न मङसिर महिनामा घरेलुु मैदानमा हुन गईरहेको दक्षिण एसियायी खेलकुद ( साग ) को तयारीमा जुटिरहेको नेपालले यस दुई सिरिजलाई थप तयारी राम्रो होस भन्ने हिसाबले लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्