नेपाली क्रिकेट टिम भोलि स्वदेश फर्किने

नेपाली क्रिकेट टिम भोलि स्वदेश फर्किने

असोज २३ , अनलाइन खेलखबर | ओमानमा भएको पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा सहभागी जनाएर नेपाली क्रिकेट टिम भोलि शुक्रबार स्वदेश फर्किने भएको छ ।

नेपाली टोलि बिहान ९:२५ मा सलाम एयरमार्फत स्वदेश फिर्ता हुने कार्यक्रम रहेको टिमका ब्यबस्थापक रमन सिवाकोटीले जानकारी गराएका छ्न ।

बिज्ञापन

सिरिजको बिहीबार अन्तिम खेलमा आयोजक ओमानसँग पराजित हुँदै समग्रमा ४ खेलमा दुईमा हार र दुई खेलमा जित हासिल गर्दै अंकतालिकामा नेपाल तेस्रो स्थानमा रह्दै सिरिजको समापन गरेको हो ।

नेपालले लगातार दुई खेलमा जित हासिल गर्नेक्रममा हङकङ र नेदरल्याण्डलाई समान ४/४ विकेटले पराजित गर्दा तेस्रो खेलमा आयरल्याण्ड र चौथो तथा अन्तिम खेलमा ओमानसँग पराजित हुन पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *