onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

टिपिएलको तयारी अन्तिम चरणमा : दर्शकले पहिलोपटक प्याराफिटमा बसेर खेल हेर्न पाउने

असोज २३ , अनलाइन खेलखबर || तिलोत्तमा क्रिकेट बिकास समितिको आयोजनामा रुपन्देहीमा यहीँ असोज २५ गतेदेखि सुरु हुन गईरहेको तेस्रो सस्करणको तिलोत्तमा प्रिमियर लिग ( टिपिएल )को तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक तिलोत्तमा क्रिकेट बिकास समितिका अध्यक्ष अच्युतराज ( सुनिल ) ढुंगानाले अनलाइन खेलखबरसँग कुराकानी गर्दै प्रतियोगिताको तयारी लगभग सकि -सकिएको जानकारी गराएका छ्न ।

यसैबीचमा क्रीकेट मैदान , पिच निर्णाणको काम सकिएको र अब मैदानलाई सजाउने काम मात्र केही बाकी रहेको र त्यो पनि शुक्रबार बिहानै सकिने ढुंगानाले हामीसँगको कुराकानीका क्रममा जानकारी गराएका थिए ।

उनले पहिलोपटक प्रतियोगितामा खेल हेर्न आउने दर्शकलाई खेल हेर्ने माहोल अझ सहज होस भनेर अस्थायी प्याराफिट समेत निर्माण गरिएको भन्दै जसले गर्दा अब खेल हेर्न आउने दर्शकलाई खेल हेर्न झन राम्रो बाताबरण सिर्जना हुने बिश्वास समेत ब्यक्त गरे ।

प्रदेश ५ कै प्रतिष्ठित तथा ठूलो क्रीकेट प्रतियोगिता टिपिएलको तेस्रो सस्करणसम्म आईपुग्दा आयोजक पनि निकै उत्साहित रहेको बताएको छ ।

प्रदेश ५ को सर्बाधिक ठूलो पुरस्कार राशी समेत रहेको यस प्रतियोगितामा कुल १० टिमको सहभागिता रहने छ ।

तिलोत्तमा स्थित नवजिवन क्लवको खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद ४ लाख तथा उप बिजेताले २ लाख प्राप्त गर्नेछ ।

बिज्ञापन

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २० हजार तथा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान नगद १०/१० हजार प्राप्त गर्दा प्रतियोगिताको उदायमान एकजना खेलाडीलाई प्रोत्साहन स्वरुप ५ हजार नगद प्रदान गरिने छ ।

भने प्रतियोगितामा फेयर प्ले अवार्ड समेत एक टिमलाई प्रदान गरिने भएको छ । अवार्डमार्फत टिमले नगद ४० हजार प्राप्त गर्नेछ ।

यता प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई आयोजकले नगद १ हजार ५ सय प्रदान गरिने आयोजकले जानकारी गराएको छ ।

यता प्रतियोगितामा सहभागी १० टिमलाई दुई समूहमा बिभाज गरि प्रतियोगिता सन्चालन गरिने छ । जसबाट समुहका विजेता र उप – विजेता सेमिफाइनल पुग्नेछ्न ।

सेमिफाइनल खेल कार्तिक ६ गते हुनेछ । भने प्रतियोगिताको फाइनल ७ गते हुनेछ । भने प्रतियोगिताको उद्घाटन खेलमा आउँदो शनिबार पाल्पाली लेजेन्डले सुपर एघार भैरहवाको सामना गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्