ओमान सिरिजको उपाधि घरेलु टिम ओमानलाई

ओमान सिरिजको उपाधि घरेलु टिम ओमानलाई

असोज २३ , अनलाइन खेलखबर || लगातार चार खेलमा जित हासिल गर्दै ओमानले पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजको उपाधि घरेलुु टोली ओमानले घरमै राख्न सफल भएको छ ।

फाईल फोटो

बिहिबार सिरिजको अन्तिम खेलमा नेपालमाथि शानदार ६ विकेटले जित हासिल गर्दै ओमानले सिरिजलाई कब्जा गरेको हो ।

सिरिजको प्राबधान अनुसार अंकतालिकाको पहिलो स्थानमा रहने टिम च्याम्पियन बन्ने रहेको हुँदा पहिलो स्थानको ओमानले उपाधि आफ्नो नाममा लेखाउन सफल भयो ।

बिज्ञापन

ओमानले पहिलो हङकङलाई ७ विकेटले पराजित गरेको थियो । भने दोस्रो खेलमा टेस्ट रास्ट्र आयरल्याण्डलाई ४३ रन र तेस्रो खेलमा नेदरल्याण्डलाई ७ विकेटले पराजित गरेको थियो ।

सिरिजमा आयरल्याण्ड दोस्रो र नेपाल तेस्रो स्थानम रह्दै सिरिजको समापन गरेको छ । भने नेदरल्याण्ड चौथो र अन्तिम स्थानमा हङकङ रहयो ।

यस सिरिजलाई नेपाल बाहेक अन्य ४ टोलीले आसन्न अक्टोबर १८ देखि युएईमा हुने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरको तयारी स्वरुप लिएका थिए ।

भने नेपालले आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीको स्वरुपमा यस सिरिजलाई लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *