नेदरल्याण्डलाई सान्त्वना जित

नेदरल्याण्डलाई सान्त्वना जित

असोज २३ , अनलाइन खेलखबर ।। ओमानमा जारी पाँच राष्ट्र सम्मलित टी -ट्वान्टी सिरिजमा नेदरल्याण्डले सान्त्वना जित हासिल गरेको छ ।

सिरिजको आफ्नो अन्तिम खेलमा जान हङकङलाई ३७ रनले पराजित गर्दै नेदरल्याण्डले सुखद अन्त्य गरेको छ । यसअघिका तिन खेलमा नेदरल्याण्ड पराजित हुने क्रममा पहिलो खेलमा आयरल्याण्डसँग ६ विकेट , नेपालसँग ४ विकेट र ओमानसँग ७ विकेटले पराजित हुन् पुग्दा अन्तिम खेलमा भने नेदरल्याण्ड विजयी हुन् पुग्यो ।

पराजित हङकङले भने सिरिजमा कुनै खेल आफ्नो पक्षमा पार्न सकेन । र ५ टिमको सहभागिता रहेको सिरिजमा अन्तिम स्थानमा रहदै हङकङले सिरिज समापन गरेको छ ।

आज भएको खेलमा नेदरल्याण्डले दिएको १ सय ८६ रनको बिशाल लक्ष्यलाई पछ्याउदै जवाफी ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ४८ रनमा सिमित हुन् पुगेपछि खेल नेदरल्याण्डले आफ्नो पक्षमा पार्न सफल भयो ।

हङकङका लागि हारुन अर्सादले सर्बाधिक धेरै रन बनाए भने निजागत खानले १५ रनको योगदान गरे ।

बलिङतर्फ नेदरल्याण्डका ब्रैंडन ग्लोवरले सर्बाधिक ४ विकेट हात पारे ।

त्यसअघि अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै मात्र ४ विकेट गुमाएर १ सय ८५ रनको विशाल योगफल खडा गरेको थियो ।

नेदरल्याण्डले ठुलो स्कोर खडा गर्ने क्रममा नेदरल्याण्डका टोबियास विसेले सर्बाधिक ६८ रनको योगदान गरे । ४३ बलको सामाना गरेका उनले ९ चौका र ३ छक्काको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै नेदरल्याण्डका रोएलोफ़ भान डेर र स्कॉट एडवर्ड्सले अविजित रहदै क्रमश : ५० तथा ४२ रनको योगदान गरेपछि हङकङ् बिरुद्द उक्त योगफल खडा गर्न सफल भएको हो ।

बलिङतर्फ हङकङका किनचित शाह र राग कपुरले समान १/१ विकेट हात पारे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *