onlinekhelkhabar.com

Complete website for Nepali Sports News

आज अन्तिम खेलमा नेपाल र ओमान भिड्ने

असोज २३ , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजको अन्तिम खेलमा नेपालले आज आयोजक ओमानको सामना गर्दैछ ।

फाईल फोटो

जारी सिरिजमा अपराजित रहेको ओमानले सिरिजमा आफ्नो प्रभावशाली प्रदर्शन जारी राख्ने क्रममा विपक्षीलाई नराम्रोसँग पराजित गर्दै आएको छ ।

पहिलो खेलमा हङकङलाई ७ विकेटले पराजित गरेको ओमानले दोस्रो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डलाई लज्जास्पद हार चखाउने क्रममा ४३ रनले पराजित गरेको थियो ।

टि – ट्वान्टीमा ४३ रनको फराकिलो अन्तर धेरै ठूलो मानिन्छ । त्यसपछी ओमानले नेदरल्याण्डलाई पनि ७ विकेटले पराजित गर्न सफल भएको छ ।

बिज्ञापन

यता नेपालको पनि जारी सिरिजमा सन्तोषजनक प्रदर्शन हुँदै आएको छ । नेपालले खेलेका तीन खेलमध्य दुई खेलमा जित हासिल गर्दा बुधबार आयरल्याण्डसँगको खेलमा नेपाल जित नजिक पुगेर पनि असफल हुँदा मात्र १३ रनले पराजित हुन पुगेको थियो ।

त्यसअघि नेपालले हङकङ र नेदरल्याण्डलाई समान ४/४ विकेटले पराजित गर्न सफल भएको थियो ।

योसँगै अहिले ओमान अंकतालिकाको पहिलो स्थानमा रहेको छ । तिन खेलमा शत प्रतिशत नतिजा आफ्नो पक्षमा पारेको ओमान ६ अंकसहित पहिलो स्थानमा रह्दा आयरल्याण्ड ४ खेलबाट ३ खेलमा जित र एकमा हार ब्यहोर्दै ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

यता नेपाल तिन खेलबाट दुईमा जित र एकमा हार ब्यहोर्दा ४ अंकसहित तेस्रो स्थानमा रहेका छ्न ।

यसरी जारी सिरिजमा ओमानले देखाईरहेको खेलबाट उ निकै बलियो टिमको रुपमा देखिएको छ । एक पछि अर्को खेलमा राम्रो गरिरहेको ओमानबिरुद्द आज नेपाललाई पक्कै सहज हुने छैन ।

केही बर्ष अघिसम्म कमजोर मानिने ओमान अहिले निकै ससक्त देखिएको छ । अहिलेको अबस्थालाई हेर्दा तुलनात्मक रुपमा नेपाल भन्दा ओमान बलियो देखिएको छ ।

तर नेपालले पनि सिरिजमा राम्रो गर्दै आएको हुँदा आज दिउँसो सवा ३ बजेपछी हुने खेल आफैमा टक्करको हुने बिश्वास गरिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *