नेपालले भोलि टेस्ट रास्ट्र आयरल्याण्डसँग भिड्ने : नेपाललाई ऐतिहासिक सफलता हात पार्ने अबसर

नेपालले भोलि टेस्ट रास्ट्र आयरल्याण्डसँग भिड्ने : नेपाललाई ऐतिहासिक सफलता हात पार्ने अबसर

असोज २१ , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित अन्तर्राष्ट्रिय टि – ट्वान्टी सिरिज अन्तर्गत नेपालले भोलि बुधबार टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्दैछ ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा बिहान सवा ११ बजेपछि हुने यस खेललाई नेपाली समर्थकले बहुप्रतिक्षित खेलको रुपमा लिएका छ्न ।

पछिल्लो समय विश्वकप छ्नोटमा नेपालको प्रदर्शनसँगै नेपालको पीडा र नेपालको स्तर मापनका लागि पनि यो खेल उत्तिकौ महत्वपूर्ण रहेको छ ।

अब तुलनात्मक रुपमा हेर्ने हो भने हामी भन्दा निकै पछि क्रिकेट सुरुवात गरेको आयरल्याण्डले छोटो समयमै राम्रो प्रदर्शन गर्दै टेस्ट मान्यता प्राप्त गरेको छ ।

तर हो होईन कि टेस्ट पाउँने बित्तिकै हामीजस्ता एसोसियटका टप टिमले आयरल्याण्डलाई हराउँन सक्दैन , गार्हो पक्कै होला तर असम्भव बिल्कुलै छैन । र नेपाललाई ऐतिहासिक
सफलता हात पार्ने अबसरमा पनि अहिले यो अबस्थाले सिर्जना गरेको छ ।

जसको ज्वलन्त उदाहरण यहि सिरिजम रहेको छ । आयरल्याण्ड आफ्नो दोस्रो खेलमा आयोजक ओमानसँग लज्जास्पद हार ब्यहोर्ने क्रममा ४३ रनले पराजित भएको थियो ।

भने सिरिज अन्तर्गत पहिलो खेलमा आयरल्याण्डले नेदरल्याण्डलाई ६ विकेटले पराजित गरिसकेको छ भने तेस्रो खेलमा हङकङ आयरल्याण्डसँग ६६ रनले पराजित हुन पुगेको थियो ।

यता नेपाल भने सिरिजमा अपराजित रहेको छ । लगातार दोस्रो जित हासिल गर्ने क्रममा नेपालले पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा करन केसिको अदभुत प्रदर्शनको मद्दतमा नेदरल्याण्डलाई नेपालले रोमाञ्चक बनेको खेलमा ४ विकेटले पराजित गरेको थियो ।

योसँगै अहिले सिरिजको अंकतालिकामा ओमान २ खेलबाट ४ अंकसहित अंकतालिकाको पहिलो स्थानमा रहेको छ । आयरल्याण्ड ३ खेलबाट दुईमा जित र एकमा हार ब्यहोर्दै समान ४ अंकसहित दोस्रो र समान ४ अंकसहित नेपाल तेस्रो स्थानमा रहेको छ ।

भोलि हुने नेपाल र आयरल्याण्डको खेललाई ओमान क्रीकेटको आधिकारिक यु – टुभ च्यानलबाट हेर्न सकिने छ ।

असोज २३ गतेसम्म चल्ने सिरिजलाई नेपाल बाहेक अन्य चार टोलीले आसन्न अक्टोबर १८ देखि युएईमा हुने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरका लागि तयारी स्वरुप लिएका छ्न भने नेपालले आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीस्वरुप लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *