नेपालको लगातार दोस्रो जित : रोमाञ्चक खेलमा नेदरल्याण्ड पराजित
असोज २० , अनलाइन खेलखबर || नेपालले ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
आज सोमबार भएको सिरिजको पाँचौ खेलमा नेपालले नेदरल्याण्डलाई रोमाञ्चक खेलमा ४ विकेटले पराजित गरेको छ ।
यसअघि पहिलो खेलमा आईतबार हङकङलाई नेपालले ४ विकेटले पराजित गरेको थियो । भने नेदरल्याण्डको यो लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा नेदरल्याण्ड टेस्ट रास्ट्र आयरल्याण्डसँग ६ विकेटले पराजित भएको थियो ।
अब नेपालले सिरिजमा आफ्नो तेस्रो खेल आउँदो बुधवार बिहान सवा ११ बजेपछी टेस्ट राष्ट्र आयरल्याण्डको सामना गर्नेछ ।
यता आज भएको खेलमा नेदरल्याण्डले प्रस्तुत गरेको १ सय ३४ रनको विजयी चुनौती नेपाललाई नेपालले १ बल बाकि रह्दा ६ विकेट गुमाएर भेटायो ।
नेपालको जितमा करन केसि नायक बने नेपालबाट टाढा बनिसकेको खेलमा अत्यमा आक्रमक पारी खेल्दै मात्र १४ बलमा १ चौका र २ छ्क्काको मद्धतमा ३१ रनको पारी खेलेपछी नेपालले नेदरल्याण्डमाथि रोमाञ्चक जित हासिल गरेको छ ।
नेपालले ईनिङको ५.६ ओभरमा टिमको स्कोर २५ रन हुँदा पहिलो विकेटका रुपमा पवन सरार्फलाई गुमायो । कप्तान पारस खड्कासँग ओपनीङमा आएका पवन ब्यक्तिगत ९ रनमा क्याच आउट हुन पुगे ।
पवन आउट भएपछि टिमलाई लगत्तै अर्को झटका लाग्यो । थप ४ रन जोडदा नेपालले दोस्रो विकेटका रुपमा मोहम्मद आरिफ शेखलाई सस्तैमा गुमाउने क्रममा मात्र २ रनमा गुमायो ।
त्यसपछि दिपेन्द्र सिँह एरिले ८ रन बनाउँदा राम्रो लयमा देखिएका पारस एलबिड्ब्लुको सिकार हुन पुगे । ४१ बलको सामना गर्दै १ चौका र १ छ्क्काको मद्दतमा पारसले ३३ रनको योगदान गरे ।
यस्तै अन्त्यतिर बिनोद भण्डारीले २६ रन तथा सोमपाल कामीले अबिजित रह्दै ३ रन जोडे ।
त्यसअघि ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो ।
खेलको १.१ ओभरमा टिमले स्कोर ९ रन हुँदा नेदरल्याण्डले आफ्नो पहिलो विकेट गुमाएको थियो ।
सन्दिप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाउने क्रममा ओपनर ब्याट्सम्यान टोबियास वीसेलाई पभेलियनको बाटो देखाई दिएका थिए ।
सन्दिपको बलमा आउट भएका टोबियास वीसेले ४ रन बनाए । त्यसपछि ५.४ ओभरमा टिमको स्कोर ५० रन हुँदा एंटोनियस स्टाल करन केसिको बलमा ब्यक्तिगत २१ रनमा आउट हुन पुगे ।
स्टाल आउट भएपछि नेदरल्याण्डले कॉलिन एकरमैनलाई ब्यक्तिगत २९ रनमा गुमायो । उनी ललित राजबम्शीकोबलमा आउट भएका थिए ।
त्यसपछि मैक्स ओ’डोवले ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ४३ रनको योगदान गरे । ४४ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन बनाए ।
बलिङतर्फ नेपालका सन्दिप लामिछानेले आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिएर ४ विकेट पार्दा करन केसिले पनि १७ रन खर्चिएर ४ विकेट हात पार्दा ललित राजबम्शीले पनि १ विकेट चटकाएका थिए ।