नेपाल जित नजिक : नेपालको १०० रन पूरा
असोज २० , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा नेपालले अहिले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसँग प्रतिष्पर्दा गरिरहेको छ ।
जसमा नेदरल्याण्डले प्रस्तुत गरेको १ सय ३४ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको नेपालले १७.२ ओभरमा मात्र ५ विकेट गुमाएर १०० रन पुरा गरेको छ ।
नेपालले ईनिङको ५.६ ओभरमा टिमको स्कोर २५ रन हुँदा पहिलो विकेटका रुपमा पवन सरार्फलाई गुमायो । कप्तान पारस खड्कासँग ओपनीङमा आएका पवन ब्यक्तिगत ९ रनमा क्याच आउट हुन पुगे ।
पवन आउट भएपछि टिमलाई लगत्तै अर्को झटका लाग्यो । थप ४ रन जोडदा नेपालले दोस्रो विकेटका रुपमा मोहम्मद आरिफ शेखलाई सस्तैमा गुमाउने क्रममा मात्र २ रनमा गुमायो ।
त्यसपछि दिपेन्द्र सिँह एरिले ८ रन बनाउँदा राम्रो लयमा देखिएका पारस एलबिड्ब्लुको सिकार हुन पुगे । ४१ बलको सामना गर्दै १ चौका र १ छ्क्काको मद्दतमा पारसले ३३ रनको योगदान गरे । भने रोहित ५ रन बनाएर आउट भएका छ्न ।
अहिले मैदानमा बिनोद भण्डारी र करन केसि रहेका छ्न ।
त्यसअघि ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ३३ रन बनाएको छ ।
खेलको १.१ ओभरमा टिमले स्कोर ९ रन हुँदा नेदरल्याण्डले आफ्नो पहिलो विकेट गुमाएको थियो ।
सन्दिप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाउने क्रममा ओपनर ब्याट्सम्यान टोबियास वीसेलाई पभेलियनको बाटो देखाई दिएका थिए ।
सन्दिपको बलमा आउट भएका टोबियास वीसेले ४ रन बनाए । त्यसपछि ५.४ ओभरमा टिमको स्कोर ५० रन हुँदा एंटोनियस स्टाल करन केसिको बलमा ब्यक्तिगत २१ रनमा आउट हुन पुगे ।
स्टाल आउट भएपछि नेदरल्याण्डले कॉलिन एकरमैनलाई ब्यक्तिगत २९ रनमा गुमायो । उनी ललित राजबम्शीकोबलमा आउट भएका थिए ।
त्यसपछि मैक्स ओ’डोवले ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ४३ रनको योगदान गरे । ४४ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन बनाए ।
बलिङतर्फ नेपालका सन्दिप लामिछानेले आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिएर ४ विकेट पार्दा करन केसिले पनि १७ रन खर्चिएर ४ विकेट हात पार्दा ललित राजबम्शीले पनि १ विकेट चटकाएका थिए ।