सन्दिप र करनको उत्कृष्ट बलिङमा नेपालले पायो मध्यम विजयी लक्ष्य

सन्दिप र करनको उत्कृष्ट बलिङमा नेपालले पायो मध्यम विजयी लक्ष्य

असोज २० , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा नेपालले अहिले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसँग प्रतिष्पर्दा गरिरहेको छ ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले १९.३ ओभरमा आफ्नो सबै विकेट गुमाएर १ सय ३३ रन बनाएको छ ।

खेलको १.१ ओभरमा टिमले स्कोर ९ रन हुँदा नेदरल्याण्डले आफ्नो पहिलो विकेट गुमाएको थियो ।

सन्दिप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाउने क्रममा ओपनर ब्याट्सम्यान टोबियास वीसेलाई पभेलियनको बाटो देखाई दिएका थिए ।

सन्दिपको बलमा आउट भएका टोबियास वीसेले ४ रन बनाए । त्यसपछि ५.४ ओभरमा टिमको स्कोर ५० रन हुँदा एंटोनियस स्टाल करन केसिको बलमा ब्यक्तिगत २१ रनमा आउट हुन पुगे ।

स्टाल आउट भएपछि नेदरल्याण्डले कॉलिन एकरमैनलाई ब्यक्तिगत २९ रनमा गुमायो । उनी ललित राजबम्शीकोबलमा आउट भएका थिए ।

त्यसपछि मैक्स ओ’डोवले ईनिङको सर्बाधिक धेरै रन बनाउने क्रममा ४३ रनको योगदान गरे । ४४ बलको सामना गरेका उनले ४ चौकाको मद्दतमा उक्त रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछानेले आफ्नो स्पेलको ४ ओभर बलिङ गर्दै मात्र २० रन खर्चिएर ४ विकेट पार्दा करन केसिले पनि १७ रन खर्चिएर ४ विकेट हात पार्दा ललित राजबम्शीपे पनि १ विकेट चटकाएका थिए ।

अब नेदरल्याण्डले दिएको १ सय ३४ रनको विजयी चुनौतीलाई पछ्याउँदै नेपालले अबको केही समयपछि जवाफी ब्याटिङ गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *