नेपाललाई दोस्रो सफलता

नेपाललाई दोस्रो सफलता

असोज २० , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा नेपालले अहिले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसँग प्रतिष्पर्दा गरिरहेको छ ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको
नेदरल्याण्डले आफ्नो दुई विकेट गुमाईसकेको छ ।

खेलको १.१ ओभरमा टिमले स्कोर ९ रन हुँदा नेदरल्याण्डले आफ्नो पहिलो विकेट गुमाएको थियो । सन्दिप लामिछानेले नेपाललाई पहिलो सफलता दिलाउने क्रममा ओपनर ब्याट्सम्यान
टोबियास वीसेलाई पभेलियनको बाटो देखाई दिएका थिए ।

सन्दिपको बलमा आउट भएका टोबियास वीसेले ४ रन बनाए । त्यसपछि एंटोनियस स्टाल करन केसिको बलमा ब्यक्तिगत २१ रनमा आउट हुन पुगे । अहिले नेदरल्याण्डले ६.४ ओभरमा ५२ रन बनाईसकेको अवस्था छ ।

पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको नेपाल सिरिजमा जितको सिलसिलालाई जिबित राख्ने सोचमा रहदा नेदरल्याण्ड पहिलो जितको खोजिमा रहनेको छ ।

नेदरल्याण्ड सिरिजको आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसँग ६ विकेटले पराजित भएको हुँदा नेदरल्याण्डलाई पनि जित्नै पर्ने आबस्यकता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *