onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेपाललाई पहिलो सफलता : पहिलो विकेट सन्दिप ले लिए !

असोज २० , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा नेपालले अहिले आफ्नो दोस्रो खेलमा नेदरल्याण्डसँग प्रतिष्पर्दा गरिरहेको छ ।

ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्डले आफ्नो पहिलो विकेट गुमाईसकेको छ ।

खेलको १.१ ओभरमा टिमले स्कोर ९ रन हुँदा नेदरल्याण्डले आफ्नो पहिलो विकेट गुमाएको हो ।

नेपालका लागि पहिलो विकेट सन्दिप लामिछाने ले दिलाए ।

पहिलो खेलमा हङकङलाई ४ विकेटले पराजित गरेको नेपाल सिरिजमा जितको सिलसिलालाई जिबित राख्ने सोचमा रहदा नेदरल्याण्ड पहिलो जितको खोजिमा रहनेको छ ।

नेदरल्याण्ड सिरिजको आफ्नो पहिलो खेलमा टेस्ट राष्ट्र आयरल्याण्डसँग ६ विकेटले पराजित भएको हुँदा नेदरल्याण्डलाई पनि जित्नै पर्ने आबस्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्