त्रिशुल किग्स लालमटियाले उचाल्यो दोस्रो ग्लोबल प्रिमियर लिगको उपाधि

त्रिशुल किग्स लालमटियाले उचाल्यो दोस्रो ग्लोबल प्रिमियर लिगको उपाधि

सनिश आजाद ( अनलाइन खेलखबर ) || ग्लोबल युथ क्लबको आयोजनामा दाङको पाखापानीमा भएको ग्लोबल प्रिमियर लिग ( जिपिएल ) क्रिकेट प्रतियोगिताको उपाधि त्रिशुल किग्स लालमटियाले उचालेको छ ।

आईतबार भएको प्रतियोगिताको फाइनल खेलमा भालुबाङ नाईट राइडर्शलाई ७४ रनले पराजित गर्दै त्रिशुल किङ्स लालमटिया लगातार दोस्रोपटक प्रतियोगिताको च्याम्पियन बनेको हो ।

बिज्ञापन

स्थानिय खेल मैदानमा भएको खेलमा त्रिशुलले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतिमा १ सय ८४ रनको ठूलो योगफल खडा गरेको थियो ।

त्रिशुलले ठूलो योगफल बनाउने क्रममा टिमका लागि अजित केसिले सर्वाधिक ७१ रनको योगदान गरेका थिए । भने अनिलले पनि ४४ रनको पारी खेलेका थिए ।

बलिङतर्फ भालुबाङका दिनेश र याकुब मियाले समान १/१ विकेट हात पार्न सफल भएका थिए ।

त्यसपछि त्रिशुल किग्स लालमटियाले दिएको १ सय ८५ रनको विजयी चुनौतीलाई पछ्याउँदै जवाफी ब्याटिङ गरेको भालुबाङ अलआउट हुँदै १ सय १० रनमा सिमित हुन पुगेपछि उपाधि लालमटियाले आफ्नो पक्षमा पार्न सफल भयो ।

प्रतियोगिताको विजेता लालमटियाले नगद ३० हजार सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गर्दा उप – विजेता बनेको भालुबाङले २० हजार सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

यता प्रतियोगिताको उत्कृष्ट खेलाडी भालुबाङका याकुब मिया घोषित भए उनले प्रतियोगिता अबधी भर कुल २३७ रन १४ विकेट लिन सफल भएका थिए । उनले नगद १ हजार प्राप्त गरे ।

यस्तै प्रतियोगिताको उत्कृष्ट बलर किसन घोषित हुन सफल भए भने उत्कृष्ट ब्याट्सम्यान भालुबाङका कप्तान अम्जत अलि घोषित हुँदा उदायमान खेलाडी भालुबाङकै हेमराज राना मगर घोषित हुन पुगे ।

अक्सनमा आधारित प्रतियोगितामा कुल ६ फेन्चाईज टिमको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *