नेपालको विजयी सुरुवात : बिनोद भण्डारीको उत्कृष्ट ब्याटिङ
असोज १९ , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।
आज आईतबार भएको सिरिजको चौथो खेलमा नेपालले हङकङलाई ४ विकेटले पराजित गर्न सफल भयो ।
पराजित हङकङको जारी सिरिजमा यो दोस्रो हार हो । यसअघि हङकङ आयोजक ओमानसँग पराजित हुन पुगेको थियो ।
खेलमा हङकङले दिएको १ सय २६ रनको झिनो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपालले उक्त चुनौतीलाई १९ ओभरमा मात्र ६ विकेटको क्षतिमा भेटायो ।
झिनो लक्ष्यलाई पछ्याएको भएपनि नेपालको सुरुवात भने संतोषजनक रहेन तर बिनोद भण्डारी र मोहम्मद आरिफ शेखले उत्कृष्ट साझेदारी पारी खेलेपछी नेपालले हङकङमाथि जित हासिल गर्दै सिरिजमा सुखद सुरुवात गरेको छ ।
ईनिङको पहिलो बलमा कप्तान पारस खड्कालाई शुन्य रनमा गुमाएको नेपालले ३६ रन जोड्दा आफ्ना मह्त्वपुर्ण ४ विकेट गुमाएको थियो ।
पारसपछि टिमले क्रमश पवन सरार्फलाई १० रन , दिपेन्द्र सिँह एरिलाई ६ रन र रोहित कुमार पौडेललाई ५ रनमा गुमायो ।
४ विकेट सस्तैमा गुमाएको नेपाललाई सम्हालेका बिनोद भण्डारी र आरिफ शेखबिच पाँचौ विकेटका लागि ६१ रनको साझेदारी हुन पुगेपछी टिम जित नजिक पुगेको थियो ।
१४.६ ओभरमा आरिफ ब्यक्तिगत २१ रनमा आउट हुन पुगे । २४ बलको सामना गरेका उनले १ चौका समेत प्रहार गरे ।
यस्तै नेपालको जितमा सर्बाधिक ठूलो योगदान गरेका बिनोद भण्डारीले अबिजित रह्दै ४८ बलमा ४ चौका र ३ छ्क्काको मद्दतमा ५८ रन बनाए भने सोमपाल कामीले १३ रन जोडे ।
बलिङतर्फ हङकङका काइल क्रिस्टी र नसरुल्ला रानाले समान २/२ विकेट हात पार्दा किनचित शाह र इशान खानले पनि १/१ विकेट लिए ।
त्यसअघि ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा भएको खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १ सय २५ रन बनाएको थियो ।
ओनपर ब्याट्सम्यानद्रय अहसान अलि र निजाकत खानले हङकङको पारीलाई सुरुवाती अबस्थामा आक्रमक शैलीमा प्रस्तुत हुने क्रममा पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।
करनले ४.३ ओभरमा टिमकोलागि पहिलो विकेट लिने क्रममा अहसान अलिलाई ब्यक्तिगत १३ रनमा पभेलियनको बाटो देखाई दिए । १६ बलको सामना गरेका उनले २ चौका प्रहार गर्दै करनको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे ।
अलि आउट भएको दोस्रो बलमा अर्का ओपनर निजाकत खान पनि आउट हुन पुगे । पारस खड्काको हातबाट क्याच आउट हुनुअघि उनले १३ बलमा ३ चौका र १ छ्क्काको मद्दतमा २३ रन बनाएका थिए ।
सोही ओभरमा करनले तेस्रो विकेट लिने क्रममा साहिद वासिफलाई शून्य रनमा पभेलियनको बाटो देखाईदिएका थिए ।
त्यसपछि कप्तान किनचित शाहले ३१ रन तथा वकस बरकतले ३७ रन बनाएपछी टिम यो स्थितीसम्म पुग्न सफल भयो ।
बलिङतर्फ नेपालका करन केसिले सर्बाधिक ४ विकेट तथा अभिनास बोहराले १ विकेट हात पारे । करनले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङगर्दै ३६ रन खर्चिएर उक्त विकेट लिन सफल भएका थिए ।
अब नेपालले सिरिजको दोस्रो खेलमा सोमबार नेदरल्याण्डको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार बिहान सवा ११ बजेपछी सुरु हुनेछ ।