नेपालको ५० रन पूरा

नेपालको ५० रन पूरा

असोज १९ , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजको चौथो खेलमा नेपालले अहिले हङकङको सामना गरिरहेको छ ।

खेलमा हङकङले दिएको १ सय २६ रनको झिनो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको नेपालको सुरुवात भने सन्तोषजनक हुन सकेन ।

ताजास्थितीमा नेपालले ९.१ ओभर भित्र ४ विकेट गुमाएर ५० रन पूरा गरेको छ ।

ईनिङको पहिलो बलमा कप्तान पारस खड्कालाई शुन्य रनमा गुमाएको नेपालले ३६ रन जोड्दा आफ्ना मह्त्वपुर्ण ४ विकेट गुमाएको थियो ।

पारसपछि टिमले क्रमश पवन सरार्फलाई १० रन , दिपेन्द्र सिँह एरिलाई ६ रन र रोहित कुमार पौडेललाई ५ रनमा गुमायो ।

अहिले मैदानमा बिनोद भण्डारी र आरिफ शेखले ब्याटिङ गरिरहेका छ्न ।

त्यसअघि ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा भएको खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १ सय २५ रन बनाएको थियो ।

ओनपर ब्याट्सम्यानद्रय अहसान अलि र निजाकत खानले हङकङको पारीलाई सुरुवाती अबस्थामा आक्रमक शैलीमा प्रस्तुत हुने क्रममा पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।

करनले ४.३ ओभरमा टिमकोलागि पहिलो विकेट लिने क्रममा अहसान अलिलाई ब्यक्तिगत १३ रनमा पभेलियनको बाटो देखाई दिए । १६ बलको सामना गरेका उनले २ चौका प्रहार गर्दै करनको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे ।

अलि आउट भएको दोस्रो बलमा अर्का ओपनर निजाकत खान पनि आउट हुन पुगे । पारस खड्काको हातबाट क्याच आउट हुनुअघि उनले १३ बलमा ३ चौका र १ छ्क्काको मद्दतमा २३ रन बनाएका थिए ।

सोही ओभरमा करनले तेस्रो विकेट लिने क्रममा साहिद वासिफलाई शून्य रनमा पभेलियनको बाटो देखाईदिएका थिए ।

त्यसपछि कप्तान किनचित शाहले ३१ रन तथा वकस बरकतले ३७ रन बनाएपछी टिम यो स्थितीसम्म पुग्न सफल भयो ।

बलिङतर्फ नेपालका करन केसिले सर्बाधिक ४ विकेट तथा अभिनास बोहराले १ विकेट हात पारे । करनले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङगर्दै ३६ रन खर्चिएर उक्त विकेट लिन सफल भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *