करन चम्किदा हङकङद्रारा नेपालसामु झिनो लक्ष्य प्रस्तुत
असोज १९ , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजको चौथो खेलमा नेपालले अहिले हङकङको सामना गरिरहेको छ ।
ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १ सय २५ रन बनाएको छ ।
ओनपर ब्याट्सम्यानद्रय अहसान अलि र निजाकत खानले हङकङको पारीलाई सुरुवाती अबस्थामा आक्रमक शैलीमा प्रस्तुत हुने क्रममा पहिलो विकेटका लागि ३६ रनको साझेदारी गरेका थिए ।
करनले ४.३ ओभरमा टिमकोलागि पहिलो विकेट लिने क्रममा अहसान अलिलाई ब्यक्तिगत १३ रनमा पभेलियनको बाटो देखाई दिए । १६ बलको सामना गरेका उनले २ चौका प्रहार गर्दै करनको बलमा रोहित पौडेलको हातबाट क्याच आउट हुन पुगे ।
अलि आउट भएको दोस्रो बलमा अर्का ओपनर निजाकत खान पनि आउट हुन पुगे । पारस खड्काको हातबाट क्याच आउट हुनुअघि उनले १३ बलमा ३ चौका र १ छ्क्काको मद्दतमा २३ रन बनाएका थिए । सोही ओभरमा करनले तेस्रो विकेट लिने क्रममा साहिद वासिफलाई शून्य रनमा पभेलियनको बाटो देखाईदिएका थिए ।
त्यसपछि कप्तान किनचित शाहले ३१ रन तथा वकस बरकतले ३७ रन बनाएपछी टिम यो स्थितीसम्म पुग्न सफल भयो ।
बलिङतर्फ नेपालका करन केसिले सर्बाधिक ४ विकेट तथा अभिनास बोहराले १ विकेट हात पारे । करनले आफ्नो स्पेलको ४ ओभर पुरै बलिङगर्दै ३६ रन खर्चिएर उक्त विकेट लिन सफल भएका थिए ।
अब हङकङले दिएको १ सय २६ रनको विजयी चुनौतीलाई पछ्याउँदै नेपालले अबको केही बेरमै जवाफी ब्याटिङ गर्नेछ ।