नेपाललाई चौथो सफलता
असोज १९ , अनलाइन खेलखबर || ओमानमा जारी पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजको चौथो खेलमा नेपालले अहिले हङकङको सामना गरिरहेको छ ।
ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा जारी खेलमा ट्स हारेर पहिले ब्याटिङ गरिरहेको हङकङले १६.१ ओभर भित्र ४ विकेटको पतनमा १०४ रन बनाईसकेको अवस्था छ ।
भखरै हङकङले आफ्नो चौथो विकेट गुमायो । हङकङका किनचित शाह रनआउट हुन पुगे । उनले ३१ रन बनाउन सफल भए ।
त्यसअघि ईनिङको पाँचौ ओभरमा नेपालका करन केसिले हङकङका तीन ब्याट्सम्यानलाई पभेलियन फर्काईदिए पछि खेलमा नेपाल हाबी हुन पुगेको थियो ।
करनले अहसान अलि निजाकत खान र साहिद वासिदलाई क्रमश : १३ , २३ र ० रनमा आउट गराएका थिए ।