onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालले टस जितेर पहिले बलिङ रोज्यो !

असोज १९ , अनलाइन खेलखबर || ओमानमा शनिबार देखि सुरु भएको पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा नेपालले आज आफ्नो पहिलो खेलमा अहिले हङकङसँग भिड्दै छ ।

भर्खरै ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा भएको टसमा नेपालले टस जितेर पहिले फ़िल्डिङ गर्ने भएको छ । अब हङ्गकङ्गले अबको केहिबेर पछि पहिले ब्याटिङ् गर्न मैदानमा प्रवेश गर्नेछ ।

बिज्ञापन

सिरिजमा आजबाट सुरु गर्न लागेको नेपाल हङकङसँगको पहिलो खेलमा स्पष्ट जितको खोजिमा रहने छ ।

भने पहिलो खेलमा आयोजक ओमानसँग ७ विकेटले पराजित भएको हङकङलाई पनि आज त्यतिकै जित्न पर्ने अवस्था छ ।

पछिल्लो समय हङकङको प्रदर्शन त्यति सन्तोषजनक हुन सकिरहेको छैन । अझ भन्ने हो भने खेल खस्कदो क्रममा रहेको छ । त्यसैले नेपालविरुद्धको आजको खेलमा हङकङ पक्कै दबाबमा आउँने विश्वाश लिईएको छ ।

हङकङ र नेपालबीच अहिले सम्म टि – ट्वान्टीमा ७ पटक भेट हुँदा नेपाल तीन पटक विजयी हुँदा ४ पटक पराजित हुन पुगेको छ ।

सिरिजमा आयोजक ओमान , हङकङ , नेदरल्याण्ड , आयरल्याण्ड र नेपालको सहभागिता रहेको छ ।

नेपाल बाहेक अन्य चार टोलीले यस सिरिजलाई अक्टोबर १८ देखि युएईमा हुने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरका लागि तयारी स्वरुप लिएका छ्न भने नेपालले आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीस्वरुप लिएको छ ।

प्रतिक्रिया दिनुहोस्