टी -ट्वान्टी अन्तराष्ट्रियमा सर्बाधिक धेरै विकेट लिने नेपालका ८ खेलाडीहरु
असोज १९ , अनलाइन खेलखबर ।। लामो समय क्रिकेटको ईतिहास बोकेको नेपालले विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी जनाउन लागेको धेरै भएको छ |
तर नेपालले केहि वर्षअघि मात्रै टी -ट्वान्टी मान्यता र अघिल्लो बर्ष एकदिवसीय मान्यता प्राप्त गरेको अबस्था छ ।
विगत लामो समय क्रिकेटमा निरन्तर लागिपरेको नेपाल केहि वर्ष यता एक पछी अर्को सफलता हात पार्दै आएको छ । नेपालले विश्वकपको समेत स्वाद चाखिसकेको छ । हामिजस्ता क्रिकेटका उदायमान मुलुकलाई यी सहभागी हुनु पनि एक किसिमको ठुलो सफलता नै हो ।
नेपालले सन् २०१४ मा एसियाली मुलुक बंगलादेशमा भएको आईसीसी टी -ट्वान्टी विश्वकपमा सहभागी मात्र जनाएँन निकै राम्रो छाप जोड्न सफल भएको थियो । विश्वकपको दौरान नेपालले हंगकंग र अफगानिस्तानलाई नराम्रोसँग हराएको थियो । भने टेस्ट मान्यता प्राप्त बंगलादेशबिरुद्द नेपाली टिमले डटेर खेलेको थियो ।
पहिलो पटक विश्वकप खेलेपछि क्रिकेटको क्रेज अझ नेपालमा ब्यापक पायो । नेपालको प्रदर्शनलाई ध्यानमा राख्दै आईसीसीले नेपालका खेललाई टी -ट्वान्टी मान्यता दियो र नेपाली टिमको खेलाडीको रेकर्ड राखिन सुरु गर्न थालियो ।
यसैबीचमा त्यसबेला देखि अहिलेसम्म नेपाली खेलाडीले केहि विश्व कीर्तिमानी समेत कायम गर्न सफल भएका छन । भने केहि व्यक्तिगत रुपमा पनि आफुलाई प्रमाणित गर्ने क्रममा रहेका छन ।
सोहि क्रममा अहिलेसम्म आईपुग्दा टी – ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालको तर्फबाट सर्बाधिक धेरै विकेट लिने ८ खेलाडीको बारेमा हामिले यस सामाग्रीमा चर्चा गरेका छौ । क्रमश :
१. बसन्त रेग्मी : टि – ट्वान्टी अन्तराष्ट्रियमा नेपालको तर्फबाट अहिलेसम्म धेरै विकेट लिनेको सुचिमा नेपालको अनुभवी स्पिनर बसन्त रेग्मी नाम पहिलो स्थानमा रहेको छ ।
सन् २०१४ मा नेपालले टि -ट्वान्टीको मान्यता प्राप्त गरेपछि सन् २०१९ सम्म टिममा रहेका बसन्त रेग्मीले हालसम्म १८ खेल खेल्दै ४०५ रन खर्चिएर २५ विकेट लिईसकेका छन ।
र उनको हालसम्मको सबैभन्दा राम्रो प्रदर्शन १६ रन खर्चिएर ४ विकेट हात पार्नु उनको सर्बाधिक राम्रो पारी रहेको छ ।
२. सोमपाल कामी : नेपालका अर्का मह्त्वपूर्ण खेलाडी सोमपाल यो सूचीमा दोस्रो स्थानमा रहेका छन । बसन्त रेग्मीसँग समान २५ विकेट उनको रहेको छ । र यो रेकर्ड केहि दिन भित्र तोड्दै सोमपाल पहिलो स्थानमा आउँनेछन किनकी बसन्त टिमबाट बाहिर रहेका छन भने सोमपाल निरन्तर टिममा रहदै आएका छन ।
गुल्मी एक्सप्रेशका नामले पनि परिचित दायाँ हाते तिब्रगतिका बलर सोमपालले अहिलेसम्म २४ खेलबाट २५ विकेट हात पारिसकेका छन । जसमा उनको अहिलेसम्मको उत्कृष्ट प्रदर्शन मलेसियाबिरुद्दको खेलमा २३ रन खर्चिएर ३ विकेट हात पार्नु अहिलेसम्म सोमपालको राम्रो बलिङ मानिन्छ ।
३ . सन्दिप लामिछाने : नेपालका ग्लोबल आईकन स्टार क्रिकेटर सन्दिप लामिछानेले टिमको प्रतिनिधित्व गर्दै १३ खेलबाट २१ विकेट हात पारिसकेका छन ।
एक पछी अर्को विश्व क्रिकेटका सबै लिगमा खेल्दै आएका सन्दिपले राष्ट्रिय टिमका लागि भने त्यति सन्तोषजनक प्रदर्शन भने गरेका छैनन | जुन किसिमले विश्वका ठुला लिगमा उनले प्रर्दर्शन गर्दै आएका छन , त्यो राष्ट्रिय टिमको खेलमा अहिलेसम्म देख्न पाईएको छैन । तर उनि राम्रो गर्ने क्रममा रहेका छन ।
नेपाली क्रिकेटलाई आफ्नो माध्यमबाट विश्वलाई चिनाउदै आएका सन्दिप नेपालका लागि निकै महत्वपूर्ण खेलाडी रहदै आएका छन ।
उनले हालै सिगांपुरमा भएको त्रिकोणात्मक सिरिजका दौरान जिम्बावेसँगको पहिलो खेलमा शनशनिपूर्ण बलिङ गर्ने क्रममा १५ रन खर्चिएर ३ विकेट हात पारेका थिए | जुन उनको राष्टिय टिमबाट गरेको प्रदर्शनका हिसाबले अहिलेसम्मकै उत्कृष्ट समेत हो ।
४. करन केसी : नेपाली टिमका अलराउण्डरको रुपमा पछिल्लो समय आफुलाई बिकसित् गर्दै आएका करन केसीले अहिलेसम्म १८ खेलबाट २१ विकेट हात पारिसकेका छन ।
सन् २०१५ मा नेदरल्याण्डबिरुद्दको खेलबाट अन्तराष्ट्रिय टि – ट्वान्टीमा पाईला चालेका करनले नेपालको पहिलो टि – ट्वान्टी मलेसियाको भ्रमणका दौरान मलेसियाबिरुद्दको २७ रन खर्चिएर ३ विकेट लिनु अहिलेसम्मको सर्बाधिक राम्रो प्रदर्शन करनको रहेको छ ।
५ . अभिनाश बोहरा : छोटो समयमा टिमलाई प्रभाव छोड्न सफल भएका खेलाडी मध्यमा पर्ने अभिनाशले ११ खेलबाट १३ विकेट हात पारिसकेका छन ।
६ . सक्ति गौचन : नेपाली लेजेनडरी खेलाडी सक्ति गौचन नेपाली क्रिकेटको एक सम्मानीय नाम हो । धेरै लामो समय नेपाली क्रिकेटमा खेलाडीको रुपमा योगदान पुर्याएका सक्ति नेपालको धेरै जितमा साक्षी बनेका छन । धेरै खेललाई आफनै दमका साथ् जित पनि दिलाएका छन । उनै नेपाली क्रिकेटका महान खेलाडी मध्यमा पर्ने सक्तिको नाममा पनि अन्तराष्ट्रिय टि – ट्वान्टीमा ८ खेलबाट ८ विकेट रहेको छ ।
जुन यो सूचिको छठौ स्थानमा रहेको छ । हामीलाई याद अझै छ ताजै छ उनले सन् २०१४ मा बंगलादेशमा भएको आईसीसी टि -ट्वान्टी विश्वकपकपमा गरेको बलिङ , जसले गर्दा विश्वकपमा राम्रो प्रदर्शनलाई देखेर नेपाललाई आईसीसीले नेपाललाई पहिलो पटक टि -ट्वान्टीको मान्यता दिएको थियो ।
७ .सागर पुन : नेपालले पहिलो पटक विश्वकप खेल्दा नेपालका एक महत्वपूर्ण खेलाडीका रुपमा रहेका सागर पुनले ८ खेलबाट ६ विकेट लिएका छन ।
८ .पारस खडका : नेपाली अन्तराष्ट्रिय टिमका कप्तान पारस खडकाले पनि टि -ट्वान्टी अन्तराष्टियमा अहिलेसम्म २५ खेलमा १७ खेल खेल्दै ५ विकेट हात पारिसकेका छन ।