आज नेपाल र हङकङ भिड्दै
असोज १९ , अनलाइन खेलखबर || ओमानमा शनिबार देखि सुरु भएको पाँच राष्ट्र सम्मलित टि – ट्वान्टी सिरिजमा नेपालले आज आफ्नो पहिलो खेलमा हङकङको सामना गर्दैछ ।
ओमानस्थित अल अमेरात क्रीकेट मैदानमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछी सुरु हुँने खेलमा नेपाल स्पष्ट जितको खोजिमा रहने छ ।
भने पहिलो खेलमा आयोजक ओमानसँग ७ विकेटले पराजित भएको हङकङलाई पनि आज त्यतिकै जित्न पर्ने अवस्था छ ।
पछिल्लो समय हङकङको प्रदर्शन त्यति सन्तोषजनक हुन सकिरहेको छैन । अझ भन्ने हो भने खेल खस्कदो क्रममा रहेको छ । त्यसैले नेपालविरुद्धको खेलमा हङकङ पक्कै दबाबमा आउँने छ ।
हङकङ र नेपालबीच अहिले सम्म टि – ट्वान्टीमा ७ पटक भेट हुँदा नेपाल तीन पटक विजयी हुँदा ४ पटक पराजित हुन पुगेको छ ।
सिरिजमा आयोजक ओमान , हङकङ , नेदरल्याण्ड , आयरल्याण्ड र नेपालको सहभागिता रहेको छ ।
नेपाल बाहेक अन्य चार टोलीले यस सिरिजलाई अक्टोबर १८ देखि युएईमा हुने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरका लागि तयारी स्वरुप लिएका छ्न भने नेपालले आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीस्वरुप लिएको छ ।