onlinekhelkhabar.com

Complete website for Nepali Sports News

नेदरल्याण्ड टेस्ट राष्ट्र आयरल्याण्डसँग पराजित

असोज १८ , अनलाइन खेलखबर || शनिबार देखि ओमानमा जारी पाँच टिम सम्मलित टि – ट्वान्टी सिरिजमा टेस्ट मान्यता प्राप्त आयरल्याण्डले विजयी सुरुवात गरेको छ ।

दिनको दोस्रो खेलमा आयरल्याण्डले नेदरल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । खेलमा नेदरल्याण्डले दिएको १ सय ६८ रनको विजयी चुनौतीलाई आयरल्याण्डले १८.२ ओभरमा मात्र ४ विकेट गुमाएर भेटायो ।

बिज्ञापन

आयरल्याण्डलाई सिरिजमा सुखद सुरुवात दिकाउने क्रममा आयरल्याण्डका हैरी टेक्टरले सर्बाधिक ४७ रनको योगदान गरे ।२६ बलको सामना गरेका उनले ६ चौका र १ छक्काको मद्दतमा उनले उक्त रन बनाएका थिए ।

यस्तै एंडी बालबर्नीले ३२ तथा केविन ओ’ब्रायन र पॉल स्टर्लिंगले समान २३/२३ रन बनाएका थिए ।

बलिङतर्फ नेदरल्याण्डका शेन स्नैटरले २ तथा पॉल वैन मिकेन र पीटर सेलेरले समान १/१ विकेट लिएका थिए ।

त्यसअघि अल अमेरात क्रीकेट मैदानमा भएको खेलमा ट्स जितेर सुरुमा ब्याटिङ गरेको नेदरल्याण्डले निर्धारित २० ओभर पुरै खेल्दै ७ विकेटको क्षतिमा १ सय ६७ रन बनाएको थियो ।

नेदरल्याण्डका लागि बेन कूपरले सर्बाधिक ६५ रन तथा मैक्स ओ’डोवले ३८ रनको योगदान गरेका थिए ।

बलिङतर्फ आयरल्याण्डका मार्क अडायर र क्रेग यंगले समान २/२ विकेट हात पार्दा बॉयड रैंकिनले पनि १ विकेट हात पारेका थिए ।

अब सिरिजमा आईतबार पनि दुई खेल हुनेछ । पहिलो खेलमा आयोजक ओमानले आयरल्याण्डको सामना गर्नेछ । त्यसपछि यो खेल सकिएपछी नेपालले हङकङको सामना गर्नेछ । यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछी सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्