ओमान सिरिज : नेपाललाई गुमेको साख फिर्ता गर्ने सुनौलो मौका

ओमान सिरिज : नेपाललाई गुमेको साख फिर्ता गर्ने सुनौलो मौका

असोज १८ , अनलाइन खेलखबर | अघिल्लो महिना साउनमा सिगांपुरमा भएको आईसीसी टि – ट्वान्टी विश्वकप छ्नोटको दोस्रो
चरणमध्यको एसिया फाइनल छनोटमा नेपालले निकै निराशाजनक प्रदर्शन गर्दै पाँच टिममध्यबाट तेस्रो स्थानमा रहदै प्रतियोगिताको समापन गरेको थियो ।

अर्को बर्ष सन् २०२० मा अष्ट्रेलियामा हुँन गईरहेको आईसीसी टि- ट्वान्टी विश्वकपको छ्नोट प्रतियोगिताको रुपमा रहेको एसिया फाइनल छनोटमा नेपालले सोच विपरित निराशाजनक प्रदर्शन गरेको थियो ।

छ्नोट प्रतियोगितामा नेपालको प्रदर्शनलाई लिएर त्यसबेला सबैलाई सर्बत्र पीडाबोध बनाएको अबस्था थियो ।

प्रतियोगितामा नेपाललाई छनोट हुँने टिमको प्रबल दाबेदारको रुपमा समेत हेरिएको थियो टिमको पनि मनोभावमा विश्वस्थ देखिन्थे भने समर्थकहरुमा त्यो नहुने कुरा पनि भएन अझ धेरै थियो ।

तर विडम्बना त्यस्रो हुँन सकेन त्यो मात्र सिमित रहेन नेपालको निकै खस्कदो प्रदर्शन यो प्रतियोगितामा देखियो । जुन कुराले सबैलाई चिन्तित बनाएको थियो ।

एकदिवसीय मान्यता प्राप्त नेपालले आफ्नो पूर्व लय सम्म देखाउन सफल भएन त्यसको परिणाम अनुसार नेपाल तेस्रो स्थानमा रहन पुग्यो ।

नेपाललाई कतार र सिगांपुरले उछिने सिगांपुर पहिलो स्थानमा रहदै आसन्न अक्टोबर ११ बाट युएईमा हुँन गईरहेको विश्वकपको अन्तिम छनोट प्रकिया ग्लोबल क्वालिफायरका लागि छनोट हुन् पुग्यो ।

सो प्रतियोगितामा नेपालको यात्रालाई कतारले पहिलो खेलमा ठुलो झट्का दिएको थियो ।

कतारले नेपालमाथि ऐतिहासिक सफलता हात पार्ने क्रममा ४ विकेटले पराजित गरेको थियो । यसपछी नेपालले मलेसिया र कुबेतलाई हराएपछि अन्तत : सिगांपुरको खेलले नै विश्वकपको आगामी यात्रा तय गर्ने अबस्था आयो ।

अन्तिम तथा निर्णायक खेलमा जसले जित हासिल गर्ने थियो सोहि टिमले ग्लोबल क्वालिफायरमा स्थान बनाउँने थियो । जसमा सिगांपुरले निकै राम्रो प्रदर्शन गर्दै नेपाललाई ८२ रनले पराजित गर्दै छनोट मात्र भएन नेपालको सपनाको यात्रालाई टुंगाईदिएको थियो ।

दोस्रो पटक विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपाललाई सिगापुरले अर्को गतिलो पाढ़ सिकाईदियो । जसमा प्रयाप्त मेहनतले जित हासिल गर्यो ।

तर त्यही सिगांपुरलाई महिनै नबित्दै उसैको भुमिमा नेपालले केही दिन अघि पराजित गर्न सफल भएको छ । मह्त्वपुर्ण खेलमा चुकेको भएपनि नेपालले साउन महिनामा भोगेको हारलाई चुक्ता गर्यो ।

सिगांपुरले स्वयम आयोजना गरेको जिम्बावे , नेपाल र सिगांपुरबीचको त्रिकोणात्मक सिरिजको दौरान नेपालले सिगांपुरलाई ९ विकेटले पराजित गरेको थियो ।

सिगांपुरमाथि शानदार जित हासिल गर्ने क्रममा नेपालका कप्तान पारस खड्काले अबिजित रह्दै १०६ रनको शतकिय पारी खेलेका थिए ।
खेलमा सिगांपुरले दिएको १ सय ५२ रनको मध्यम लक्ष्यलाई नेपालले १६ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गरेको थियो ।

डबल राउण्डरोबिनको आधारमा सन्चालन भएको यो सिरिजमा नेपाल जिम्बावेसँग पहिलोमा ५ विकेटले र दोस्रो खेलमा ४० रनले पराजित हुँदा सिगांपुरलाई भने शानदार तरिकाले पराजित गरेको थियो । तर सिगाँपुरसँगको दोस्रो खेल भने हुन सकेको थिएन बर्षाले गर्दा खेल रद्द हुन पुगेको थियो ।

सिरिजको उपाधि जिम्बावेले उचाल्यो भने नेपाल दोस्रो र आयोजक सिगांपुर अन्तिम स्थानमा चित्त बुझाउन बाध्य भएको थियो ।

यसैबीचमा नेपालले अब आफुलाई प्रमाणित गर्ने एउटा अबसर रहेको छ । जुन आज देखि ओमानमा सुरु भएको पाँच टिम सम्मलित टि-ट्वान्टी सिरिजमा नेपाल खेल्दैछ् ।

जहाँ आयोजक ओमान सहित टेस्ट राष्ट आयरल्याण्ड , नेदरल्याण्ड , हङकङ खेल्दैछ्न ।

नेपालवाहेक अन्य चार टिमले यसलाई आसन्न विश्वकप ग्लोबल क्वालिफायरको तयारीको रुपमा लिएको भएपनि नेपाललाई यो प्रतियोगिता भने अर्को मनो भावनालाई बिकसित गर्ने अबसरका रुपमा रहेको छ ।

एसिया फाइनलले दिएको पिडालाई केहि हदसम्म भुल्याउन र आफ्नो पुरानो शाख फिर्ता लिदै नेपाल कमजोर भईहालेको छैन भन्ने संदेश दिन पनि नेपाललाई यो प्रतियोगिताले निकै महत्त्वपूर्ण भुमिका खेक्नेछ ।

यस प्रतियोगीताले अबस्थालाई अझ नजिकबाट निल्याने माहोल मिल्नेछ । वस ! एसिया फाइनल छनोटमा मात्र कमजोर देखिएको हो कि साचिक्कै कमजोर बनिसकेको छ त्यसको असली परिक्षा यस प्रतियोगिताबाट पक्कै मिल्नेछ ।

टेष्ट मान्यता समेत प्राप्त गरेको आयरल्याण्ड यस प्रतियोगिता खेल्दैछ त्यो अझ सुखद पक्ष आफैमा हो भने बाकि रहेका नेदरल्याण्ड , ओमान र हङकङलाई पनि एसोसियट क्रिकेटमा निकै राम्रो टिमका रुपमा लिने गरिन्छ ।

आयोजक ओमान पछिल्लो समय अझ आफुलाई राम्रो गर्दै आएको अर्को उदयामान टिम मध्यको एक हो । जसको सम्भावना राम्रो देखिएको छ । जसले गर्दा प्रतियोगिता सबैको लागि उत्तिकै महत्वपूर्ण रहेको छ ।

अरु टिमलाई विश्वकप छ्नोट प्रतियोगिताको तयारीको रुपमा लिएका छन भने नेपालले घरमै मङ्सिर महिनामा हुन लागेको दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीका रुपमा यस प्रतियोगितालाई लिएको छ ।

प्रतियोगितामा नेपालले पहिलो खेल आईतबार हङकङविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछी हुनेछ ।

यस्तै नेपालको दोस्रो खेल असोज २० गते नेदरल्यान्ड सँग रहेको छ । तेस्रो खेलमा नेपालले टेस्ट राष्ट मान्यता प्राप्त आयरल्याण्डसँग असोज २२ गते प्रतिष्पर्दा गर्नेछ भने अन्तिम खेलमा नेपालले आयोजक ओमानसँग असोज २३ गते सामना गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *