onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

आयोजक ओमानको विजयी सुरुवात

असोज १८ , अनलाइन खेलखबर ।। आज देखि ओमानमा सुरु भएको पाँच टिम सम्मलित टि-ट्वान्टी अन्तराष्ट्रिय सिरिजको पहिलो खेलमा आयोजक ओमानले हङकङलाई ७ विकेटले पराजित गरेको छ ।

फाईल फोटो

खेलमा हङकङले दिएको ९७ रनको झिनो विजयी चुनौतीलाई ओमानले १३.५ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेटायो । ओमानलाई सहज जित दिलाउने क्रममा ओमानका कप्तान जिशान मक्सुदले अविजित रहदै सर्बाधिक ३९ रनको योगदान गरे । भने खवार अलिले ३२ रन तथा एक्युव ईलियासले १३ र जितेंदर सिहले ५ रनको योगदान गरेका थिए ।

बलिङतर्फ हङकङका नासिरुल्ला राना र क्यलेले समान १/१ विकेट हात पारेका थिए ।

त्यसअघि अल एमिरात क्रिकेट मैदानमा भएको खेलमा टस जितेर हङकङले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभर पुरै खेल्दै ९ विकेट गुमाएर मात्र ९६ रनमा सिमित हुन पुगेको थियो ।

ओमानी बलरसामु खुलेर खेल्न असफल भएका हङकङका ओपनर ब्याट्सम्यान बाहेक अन्यले त्यति उलेख्य योगदान गर्न नसक्दा टिम कम स्कोरमा रोकिएको थियो । हङकङका ओपनर ब्याट्सम्यान अशान अब्बासी र निजाकत खानले समान १७/१७ रन बनाएका थिए ।

बलिङतर्फ ओमानका मोहम्मद नदीमले २ तथा बिलाल खान, अमिर कलिम र खावर अलिले समान १/१ विकेट हात पारेका थिए ।

यस्तै सिरिज अन्तर्गत आजनै आयरल्याण्ड र नेदरल्याण्ड अबको केहि समयपछी भिड्ने छन । नेपालको खेल भने भोलि हङकङसँग रहेको छ । खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेपछि हुनेछ ।

प्रतिक्रिया दिनुहोस्