onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ओमानमा आज देखि टि – ट्वान्टी सिरिज सुरु हुँदै : नेपालले भने भोलि हङकङको सामना गर्ने

असोज १८ , अनलाइन खेलखबर || ओमानमा आज शनिबार देखि ५ राष्ट्र सम्मलित टि- ट्वान्टी सिरिज सुरु हुँदैछ ।

आयोजक ओमानसहित नेपाल , हङकङ , नेदरल्याण्ड र टेस्ट मान्यता प्राप्त आयरल्याण्डले यस अन्तर्राष्ट्रिय टि – ट्वान्टी प्रतियोगितामा सहभागिता जनाउँदै छ ।

CLICK HERE TO APPLY NOW

नेपालबाहेक अन्य चार टिमले यस सिरिजलाई अर्को बर्ष अष्ट्रेलियामा हुँने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट अन्तर्गतको ग्लोबल क्वालिफायरको तयारीको रुपमा लिएका छ्न ।

छ्नोट प्रतियोगिता अक्टोबर १८ बाट युएईमा सुरु हुँदैछ । जहाँ १४ टिमले ६ स्थानका लागि प्रतिष्पर्दा गर्दैछ्न ।

यता विश्वकप छ्नोटको दौडबाट बाहिरिएको नेपालले यसलाई आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीका हिसाबले लिएको छ ।

ओमानमा सिरिज खेल्नुअघि नेपालले सिगांपुरमा आयोजक सिगांपुर , जिम्बावे र नेपालसहितको त्रिकोणात्मक टि – ट्वान्टी सिरिज खेलेको थियो ।

डबल राउण्ड रोबिनमा सन्चालन भएको सिरिजमा नेपालले ४ खेलमध्यमा दुईमा हार , एकमा जित र एक रद्दसँगै दोस्रो स्थान हासिल गरेको थियो ।

नेपालले खेलेका खेलमध्य जिम्बावेसँग नेपाल दुई खेलमै पराजित हुँदा सिगांपुरलाई भने नेपालले ९ विकेटले पराजित गरेको थियो र अन्तिम सिगांपुरसँगको खेल भने बर्षाले गर्दा रद्द हुन पुगेको थियो ।

सिगांपुर पछि नेपालले अब ओमानमा यो सिरिज खेल्दैछ । नेपालको पहिलो खेल आईतबार हङकङ बिरुद्द रहेको छ ।

आज भने दुई खेल हुँदैछ । सिरिजको पहिलो खेलमा आयोजक ओमानले हङकङको सामना गर्दैछ । जुन खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजेपछिबाट सुरु हुनेछ ।

यस्तै दिउँसो सवा ३ बजेपछि आयरल्याण्ड र नेदरल्याण्ड भिड्ने छ्न ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *