पहिलो संस्करणको` द हन्ड्रेड´ मा सन्दिप ठूलो रकमका साथ ड्राफ्टमा पर्न सफल
काठमाडौं ( अनलाइन खेलखबर ) || नेपालका स्तर क्रीकेटर सन्दिप लामिछाने फेरि अर्को अन्तर्राष्ट्रिय क्रीकेट प्रतियोगिताको ड्राफ्टमा पर्न सफल भएका छ्न ।
विश्वका सबै ठुला अन्तर्राष्ट्रिय लिगमा सहभागी जनाउँदै उत्कृष्ट प्रंदशन गर्दै आएका सन्दिप ईङल्याण्ड र वेल्समा हुने द हन्ड्रेड अर्थात एक सय बलको क्रिकेट प्रतियोगितामाका लागि ड्राफ्टमा परेका छ्न ।
ड्राफमा उनको मूल्य एक लाख पाउण्ड अर्थात एक लाख २४ हजार अमेरीकी डलर तोकिएको छ । जुन आफैमा ठूलो रकम समेत हो ।
दोस्रो सुचीमा रहेका सन्दिपसँगै यो सुचिमा स्टार खेलाडीको कमि छैन जसमा वेस्ट ईण्डिजका आन्दे रसेल , भारतिय हरभजन सिँह , अष्ट्रेलियन ग्लेन म्याक्सवेल , बङ्लादेशका उत्कृष्ट अलराउन्डर सकिव अल हसन , अर्का ग्लोबल आईकन अफगानिस्तानका रासिद खान लगायतका खेलाडीहरु सन्दिपको सुचीमा रहेका छ्न ।
यस्तै तमिम इक्बाल, साहिद अफ्रिदी, ब्राभो, सुनील नारायण , कायरन पोलार्ड पनि सोहि सुचिमा रहेका छ्न ।
यस्तै पहिलो सूचीमा स्टिभ स्मिथ, मिचल स्टार्क, डेविड वार्नर, क्विन्टन डी कक, लुंगी नेगिडी, कागियो राबाडा, लसिथ मालिंगा र क्रिस गेल छन । जुनिहरुले १ लाख २५ हजार पाउण्ड प्राप्त गर्न सक्नेछ्न ।
ईङल्याण्ड र वेल्स क्रीकेट बोर्डले आयोजनामा यो प्रतियोगिता अर्को बर्षको जुलाईमा गर्ने भनिएको छ । जुन प्रतियोगिताको पहिलो संस्करण हो । प्रतियोगितामा कुल ८ टिमले सहभागिता जनाउने छ्न । जसमा राउण्ड रोबिन र प्ले अफ गरि प्रतियोगिता सन्चालनमा आउँने छ ।