onlinekhelkhabar.com

Complete website for Nepali Sports News

ईपिएल भन्दा अगाडी डिपिएल हुँने

काठमाडौं (अनलाईन खेलखबर ) | नेपाली क्रीकेटको चर्चित क्रीकेट प्रतियोगिता मध्यको एक धनगढी प्रिमियर लिग (डीपीएल) आउँदो फागुन ३ देखि १५ गतेसम्म हुने भएको छ ।

आज बिहिबार आयोजक धनगढी क्रिकेट एकेडेमीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार प्रतियोगिताको मिति सार्बजनिक गरिएको हो ।

CLICK HERE TO APPLY NOW

यसअघिका तीन संस्करण सभ्य र भब्यतरिकाले सम्पन्न भएको डिपिएलको यो संस्करण पनि फाप्ला क्रीकेट मैदानमा हुने छ । अघिल्लो संस्करण पनि यहीँ मैदानमा भएको थियो ।

जसमा दिपेन्द्र सिँह एरिको कप्तानीमा रहेको सिवाईसी अत्तरियाले उपाधि उचालेको थियो ।

प्रतियोगितामा यसअघिझै ६ सहरका ६ फ्रेन्चाइज टिमहरु रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाईटेड, काठमाडौं गोल्डेन्स, धनगढी स्टार्स, सीवाईसी अत्तरिया र विराटनगर किंग्सले सहभागिता जनाउँने छ्न ।

डिपिएल सकिए लगत्तै नेपालको अर्को लिग एभरेष्ट प्रिमियर लिग ( ईपिएल ) सुरु हुनेछ । ईपिएल फागुन १७ देखि चैत्र १ सम्म काठमाडौमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्