साहस स्पोर्ट्सद्रारा नेपाली महिला क्रीकेट टिमलाई जर्सी प्रदान
काठमाडौ ( अनलाइन खेलखबर ) || नेपालको चर्चित स्पोर्ट्स निमार्ण कम्पनी साहस स्पोर्ट्सले नेपाली महिला क्रिकेटटिमलाई जर्सी सेट प्रदान गरेको छ ।
आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को गोल्ड मेडल उचाल्ने लक्ष्यसहित आफ्नो आन्तरिक तयारीमा जुटिरहेको नेपाली महिला क्रिकेट टिमलाई साहस स्पोर्ट्सले जर्सी सेट उपलब्ध गराएको छ ।
किर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रीकेट मैदानमा एक कार्यक्रम गरि नेपाली टिमलाई कम्पनीले जर्सी सेट हस्तान्तरण गरेको थियो ।
कार्यक्रममा साहस स्पोर्ट्सका प्रबन्ध निर्देशक जनक न्यौपानेले नेपाली टिमकी कप्तान रुविना क्षेत्री र उप – कप्तान सीता राना मगरलाई सयुक्त रुपमा जर्सी सेट प्रदान गरेका थिए ।
विगत लामोसमय देखि निरन्तर रुपमा खेल सामग्री , वितरण तथा स्पोन्सर गर्दै आएको कम्पनीले राम्रो मुल्यमा गुणस्तरीय समाग्री उपलब्ध गराउँदै आएको छ ।