सिगांपुर पछि नेपालको गन्तव्य ओमानतिर : टिम आजै ओमान जाने

सिगांपुर पछि नेपालको गन्तव्य ओमानतिर : टिम आजै ओमान जाने

काठमाडौं ( अनलाइन खेलखबर ) | आउँदो असोज १८ देखि २३ गते सम्म ओमानमा हुँन गईरहेको पाँच राष्ट्र सम्मिलित टि ट्वान्टी सिरिजका लागि नेपाली क्रिकेट टोली आज ओमानतर्फ प्रस्थान गर्ने भएको छ ।

सिगांपुरमा रहेको जिम्बावे , सिगांपुर र नेपालबीचको त्रिकोणात्मक सिरिजमा सहभागी जनाएर नेपाल आज अर्को सिरिजका लागि सिगांपुरबाटै ओमान जान लागेको हो ।

CLICK HERE TO APPLY NOW

सिगांपुरमा रहेर नेपालले ३ खेल खेल्दा एक खेल भने पानीले गर्दा रद्द हुँन पुगेको थियो । सिगांपुरमा नेपाल जिम्बावेसँग दुबै खेलमा पराजित हुँदा आयोजक सिगांपुरमाथि भने नेपालले शानदार ९ विकेटले जित हासिल गरेको थियो ।

अब नेपालको गतब्य ओमान रहेको छ । ओमानमा भने आयोजक ओमान सहित नेपालले हङकङ , आयरल्याण्ड , नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ्न ।

सिरिजमा नेपालले पहिलो खेल असोज १९ गते हङकङबिरुद्ध खेल्नेछ । यस्तै असोज २० गते नेदरल्यान्ड्ससँग असोज २२ गते टेष्ट राष्ट्र आयरल्यान्डसँग र असोज २३ गते आयोजक ओमानसँग खेल्ने छ ।

नेपाल बाहेक अन्य चार टोलीले यस सिरिजलाई अक्टोबर १८ देखि युएईमा हुने आईसीसी टि – ट्वान्टी विश्वकपको अन्तिम छ्नोट ग्लोबल क्वालिफायरका लागि तयारीस्वरुप लिएका छ्न भने नेपालले आसन्न दक्षिण एसियाली खेलकुद ( साग ) को तयारीस्वरुप लिएको छ ।

यता सिगांपुरमा रहेको नेपाली टोली सिगांपुरबाट स्थानिय समय अनुसार दिउँसो ३:१० बजेतिर ओमान प्रस्थान गर्ने कार्यक्रम रहेको टिम ब्यबस्थापक रमन सिवाकोटीले जानकारी दिएका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *