अन्ततः नेपाल र सिगांपुरबीचको खेल रद्द
काठमाडौं ( अनलाईन खेलखबर ) || भीषण बर्षाले गर्दा आज तय भएको नेपाल र सिगांपुरको खेल अन्ततः रद्द हुन पुगेको छ ।
सिगांपुरमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा घरेलु टिम सिगांपुरसँग खेल्ने तयार हुँदै गर्दा एक्कासी मैदानमा पारी मात्रामा पानी पर्न थापेपछि खेल हुन सकेन र दुबै टिमले १/१ अंक बाढन बाध्य भए ।
अब सिरिज अन्तर्गत सिगांपुरले बिहिवार जिम्बावेको सामना गर्दैछ । नेपालले यसअघि पहिले खोलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।
दोस्रो खेलमा भने नेपालले सिगांपुरलाई ९ विकेटले पराजित गर्दा तेस्रो खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित हुन पुगेको थियो ।