
भारी बर्षाले गर्दा नेपाल र सिगांपुरको खेल प्रभावित हुने सङ्केत
काठमाडौ ( अनलाइन खेलखबर ) | सिगांपुरमा जारी त्रिकोणात्मक सिरिजमा अहिले नेपालले घरेलु टोली सिगांपुरसँग भिड्ने तयारीमा रह्दै गर्दा अहिले मैदानमा भीषण पानी परिरहेको छ
सिगांपुरस्थित ईन्डियन एसोसियसनको खेलमैदानमा पारी मात्रामा पानी परिरहेको हुँदा खेल प्रभावित हुने सङ्केत मिलेछ । यदि बिचमा रोकिएको खण्डमा ओभर घटाएर खेल हुनेछ , तर यस्तै लगातार पानी परिरहेयो भने खेल रद्द नै हुन सक्ने सम्भावना पनि त्यतिकै रहेको छ ।
जारी सिरिजमा नेपालले अहिलेसम्म तिन खेलिसकेको छ । जसमा दुईपटकनै जिम्बावेसँग नेपाल पराजित हुँदा नेपालले सिगांपुरलाई हराएको छ ।
पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा सिगांपुरलाई नेपालले ९ विकेटले पराजित गरेको थियो ।
भने अघिल्लो जिम्बावेसँगको खेलमा नेपाल पुन : ४० रनले पराजित हुन पुगेको थियो ।
त्यसैले अहिले हुने खेलमा आयोजक सिगांपुर अघिल्लो खेलको बदला लिने प्रयासमा हुने छ । भने नेपाल दोस्रोपटक निराश बनाउने सोचका साथ मैदानमा उत्रिने छ ।
अघिल्लो भेटमा कप्तान पारस खडकाले शतकीय पारी खेलेपछि नेपालले सिगांपुरले दिएको १ सय ५२ रनको मध्यम लक्ष्यलाई १६ ओभरमा मात्र १ विकेट गुमाएर उक्त चुनौतीलाई भेटाउदै शानदार जित निकालेको थियो ।
तर नेपालसँग पराजित भएपनि सिगांपुरले जिम्बावेलाई रोमान्चक बनेको खेलमा ४ रनले पराजित गरेको हुँदा सिगांपुर आफुलाई उच्च लयमा रहेको मान्छ । यस्तोमा अबको केहीबेरमै हुने खेल दुबैका लागि त्यतिकै महत्वपूर्ण रहन्छ र हेर्न दर्शकका लागि पनि रोमान्चकताले भरिपूर्ण रहने आशा लिईएको छ ।