onlinekhelkhabar.com

नेपालको डिजिटल खेल पत्रिका

नेपालले आज घरेलु टिम सिगांपुरको सामना गर्दै : नेपाल दोस्रो पटक निराश बनाउने सोचमा

काठमाण्डौ ( अनलाइन खेलखबर ) | सिगांपुरमा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले घरेलु टोली सिगांपुरको सामना गर्दैछ ।

सिगांपुरस्थित ईन्डियन एसोसियसनको खेलमैदानमा हुने खेल नेपाली समय अनुसार अबको केहिसमय पछी सवा ५ बजेपछि सुरु हुनेछ ।

Sudreeshya IT Training Academy | Click to learn more

जारी सिरिजमा नेपालले अहिलेसम्म तिन खेलिसकेको छ । जसमा दुईपटकनै जिम्बावेसँग नेपाल पराजित हुँदा नेपालले सिगांपुरलाई हराएको छ ।

पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा सिगांपुरलाई नेपालले ९ विकेटले पराजित गरेको थियो । भने अघिल्लो जिम्बावेसँगको खेलमा नेपाल पुन : ४० रनले पराजित हुन पुगेको थियो ।

त्यसैले आजको खेलमा आयोजक सिगांपुर अघिल्लो खेलको बदला लिने प्रयासमा हुने छ । भने नेपाल दोस्रोपटक निराश बनाउने सोचका साथ मैदानमा उत्रिने छ ।

अघिल्लो भेटमा कप्तान पारस खडकाले शतकीय पारी खेलेपछि नेपालले सिगांपुरले दिएको १ सय ५२ रनको मध्यम लक्ष्यलाई १६ ओभरमा मात्र १ विकेट गुमाएर उक्त चुनौतीलाई भेटाउदै शानदार जित निकालेको थियो ।

तर नेपालसँग पराजित भएपनि सिगांपुरले जिम्बावेलाई रोमान्चक बनेको खेलमा ४ रनले पराजित गरेको हुँदा सिगांपुर आफुलाई उच्च लयमा रहेको मान्छ । यस्तोमा आज हुने खेल दुबैका लागि त्यतिकै महत्वपूर्ण रहन्छ र हेर्न दर्शकका लागि पनि रोमान्चकताले भरिपूर्ण रहने आशा लिईएको छ ।

प्रतिक्रिया दिनुहोस्